Thursday, February 26, 2015

२८नार्इँ भन्ने ताकत
उनले कहिल्यै लेख्नपढ्न चाहेनन्  बुबा  काकाले यहि निउमा उनलाई बेलाबखत भक्कुमार कुट्थे  उनले ठाडै भने – पढ्नकोलागी जन्मेकै हैन  कलाकार हुनको लागी पो जन्मेको  मैले आमाको दूध पीए देखी नै छेनी  मुँग्राप्रतिको लगाव बनाएको हुँ 
यसो भन्ने कलाकार अरू कोही हैनन्विश्वविख्यात एवम् कालजयी कलाकार माइकलएन्जेलो हुन्  आफूलाई मन नपरेको कुरालाई नाई भन्न सक्नुकै कारण उनी महान बनेका हुन् भन्दा अतिशयोक्ति नहोला 

यस्तै कुरासानो छँदा पेलेले पनि आप्mना शिक्षकहरूलाई भनेका थिए  उनी सानैदेखि फुटबलमा रमाउने मात्र हैन मरिमेट्ने व्यक्ति हुन्  यहाँ मरिमेट्ने शब्द माथी ध्यान दिनु पर्दछ , किनभने यिनै गुणबाट महापुरुषको अवतरण हुने हो  अतः उनमा यो गुण जन्मजातै देखियो  घरदेखि स्कुलसम्म आउँदा पनि उनी झुम्रोको बल बनाई खेल्दै स्कुल पुग्थे  यसरी पढाइभन्दा बलमाथीको लगावप्यार देखेर शिक्षकहरूले उनलाई हकार्नु हकारेका थिए तर उनमा पनि सबै महापुरुषमा हुने ताकत थियो– नार्इँ भन्ने  उनले ठाडै भने– सर  पढ्नको लागी हैनखेल्नको लागी जन्मेकोफुटबल खेल्नको लागी  फुटबल मेरो रगतको नशानशामा बगिरहेको  

त्यसबेला पटमूर्ख ठानिएका यी विद्यार्थी ब्राजिलका भाग्य बिधाता बन्न् सफल भए  उनले फुटबलको माध्यमबाट ब्राजिललाई विश्वसामु ल्याईदिए  किनकि उनले पनि नाईँ भन्ने ताकत नै प्रयोग गरेका जो थिए 

यहाँनिर एकजना केटाको प्रसंग अत्यन्त मननिय   एक जना ब्राजिलकै केटालाई उनका आमाबाबा वकिल बनाउन चाहन्थे  तर त्यो केटा भने साहित्य पढ्न चाहन्थे  आमाबाबाले उनलाई जबर्जस्ती कानुन पढाउन वाध्य पारी छाडे  उनले नाईँनास्ती गर्न सकेनन्    मन परेको विषय छोड्नुको पीडा  मन नपरेको विषय पढ्नुको दोहोरो मार उनले झेल्नु ¥यो  परिणाम ? परिणाम स्वरूप उनी डिप्रेसनको शिकार भई थला परे  बल्ल उनका अभिभावकहरूले आफ्नो गल्ती ठम्याउन पाए  पछि छोरोलाई जे मन लाग्छ त्यही पढ भनी छोडी दिए  त्यसपछि उनले साहित्य सृजना गर्न थाले   नभन्दै उनी विश्वबिख्यात साहित्यकार बने  आज उनको किताब संख्याको हिसाबले सबभन्दा बढी बिक्नेमा पर्छ  उनको नाम हो पाउलो कोइलो  यस्ता््े अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण थियो– आमा बाबाको प्रस्तावलाई नाईँ भन्न नसक्नु 

0 comments:

Post a Comment