Tuesday, December 16, 2014

२५प्रयोगपरिक्षण
कालामहरूको गाँउमा पुगेका बुद्धसँग त्यहाँका बासिन्दाले सोधेका थिए– भन्तेयहाँ तपार्इंजस्ता धेरै थरीका साधुसन्त आउँछन्  आफ्ना कुरा नै ठीकअरूका कुरा गलत सावित गरेर जान्छन्  हामीले कसको कुरामाथी विश्वास गर्ने ?
मुसुक्क हाँस्दै बुद्धले भन्नु भयो – विद्धान वा सम्माननीय मान्छेले भनेको भन्दैमा तिमीहरूले मन्नु पर्छ भन्ने छैनशास्त्रमा लेखिएको भन्दैमा पनि तिमीहरुले मान्नु पर्छ भन्ने छैनयहाँसम्मकि भन्ने मान्छे बुद्धै भए पनि तिमीहरूले मान्नु पर्दैन  जबसम्म ती कुरा तिमीहरूको अनुभवमा उत्रिदैंन तबसम्म कुनै कुरा मान्नुको कुनै तुक छैन  अतः आफ्नो अनुभवमा नआएका कुरा मानेर अन्धविश्वास गर्दा मान्छे बुद्धिमान हैन मूर्ख बन्छ 
प्रसंग बदलौं  एरिस्टोटलजस्ता सार्वकालीक विद्धानले ईशाको ३५० वर्षजति पूर्व के भनेका थिए भने माथिबाट फ्याँक्दा गहँ्रुगो कुरा हल्का कुराभन्दा पहिला जमिनमा बज्रिन्छ  यस सिद्धान्तमाथि हजारांै वर्षसम्म कसैले शंकासमेत गरेनन्  किनभने भन्ने मान्छे अत्यन्त विद्धान एवम् सम्माननीय जो थिए   यस सिद्धान्तको सेरोफेरोमा कुनै विज्ञानका अन्य सिन्द्धान्त  हजार वर्षभन्दा बढी समयसम्म विकसित नै हुन सकेन  अन्ततः  ग्यालिलियो जन्मे  उनले एरिस्टोटलको सिन्द्धातमाथि परीक्षण गर्ने जमर्को गरे  फरकफरक भार भएका फलामका गोलाहरू लिई उनी पिसाको टावरमाथि चढेर त्यहाँबाट यिनीहरुलाई एक साथ फ्याकेर हेरे  सानाठूला फलामका गोला एकै साथ जमिनमा पुगे  यसरी एउटा मामुली प्रयोगपरिक्षणबाट हजारांै वर्ष पुरानो एरिस्टोटलको सिन्द्धात समाप्त भयो 
यी महान् विद्वान मानिएका एरिस्टोटलले यो पनि भनेका थिए– पृथ्वी स्थिर  यो नै सम्पूर्ण ब्रम्हाण्डको  संचालन केन्द्र हो  यस सिन्द्धान्तलाई हजारौं वर्ष आखाँ चिम्लेर स्वीकार गरियो   खगोलविज्ञानको विकास युगांैसम्म अवरुद्ध भयो  तर जब निकोलस कोपरनिकसले यो सिन्द्धातलाई झुटो घोषणा गरे  त्यसपछि ग्यालिलियोले प्रमाणित नै गरिदिए की एरिस्टोटलको पृथ्वीसम्वन्धी सिन्द्धात गलत थियो  तर तत्कालीन मान्छेहरूले ग्यालिलियोलाई बुझ्न सकेकनन्  उनलाई पिसा विश्व विद्यालयबाट निकालीयो  आफ्नो सिन्द्धात गलत हो भनी अदालतमा स्वीकार गर्न बाध्य पारियो  तर पनि पछिका वैज्ञानिकहरुले ग्यालिलियोलाई नै सही पाए  त्यसपछिमात्र खगोलशास्त्रको दु्रत विकास भयो  अतः कुनै पनि कुरालाई  विश्वास गर्नुभन्दा परीक्षण गर्दा मानवमस्तिष्ककोृ विकास हुने देखिन्छ 

0 comments:

Post a Comment