Tuesday, December 2, 2014

२१. एक्लै हिँड

२१एक्लै हिँड 
गौतम बुद्धलाई कसैले सोधे – हामिले कस्तासँग संगत गर्नु पर्छ , भगवन् ?
बुद्धपुरुषसँग – बुद्धले जवाफ पस्के 
यदि कुनै पनि खालका बुद्धपुरुष पाइएन भने कस्तासँग संगत गर्नु पर्ला भगवन् ?
आफूजस्तै आध्यात्मिक मान्छेको संगतमा रहनु पर्दछ– बुद्धले फुरि भने 
आफूजस्तो  आध्यात्मिक मान्छे पनि भेट्टाउनै गा¥हो  भगवन्के गर्ने ?
त्यसो भए जसरी जँगलमा गैंडा एक्लाएक्लै हिँड्छ त्यस्तै हिँड्नु बरु बेस हुन्छ तर कुसंगत गर्नै हुँदैन – बुद्धले कुरो टुंगाए 

उपर्युक्त बुद्धका वचन कत्तिको व्यावहारिक एवं वैज्ञानिक  ? यसको लेखाजोखा राख्न लियोनार्डो दा भिन्चीसँग सम्बन्धित एउटा घटना काफी हुने देखिन्छ 

लियोनार्डो दा भिन्चीका दुई चित्र विश्वविख्यात भए –एक मोनालिसा  अर्को  लास्ट सपर  यो दोस्रो चित्रमा उनले जिजसलाई मार्न एक दिनअघिको रातमा अन्तिम भोजन खुवाइएको चित्रण गरेका थिए  यस चित्रमा बेसर्त पे्रमका प्रतिमूर्ति जिजस  घुस खाएर आफ्ना गुरुलाई समाउन लाउने घृणाका  प्रतिमूर्ति जुदासको चित्र बनाउनु थियो 

दा भिन्चीले एउटा चर्चमा प्रार्थना गरेर निस्केका एउटा युवकलाई देखे  उनको मुहारमा  ज्ञान एवं निश्छल प्रेमको ओज झल्किन्थो  त्यसैले त्यस ओजपूर्ण केटालाई आफुले बनाउन लागेको चित्र लास्ट सपरको जिजसको मोडेल बन्न आग्रह गरे  केटाले पनि सहर्ष स्वीकार गरे  चित्र कोर्न सकिन्छ , धन्यवाद दिइ दुबै छुट्टिन्छ 
अब कलाकार  दा भिन्चीले दुनियाकै सबभन्दा घृणास्पद एवं गुरु द्रोही अनुहारको मोडेल खोज्न थाले  वर्षौ बित्दा पनि पाइएन  एकचोटि निराश भिन्ची मिलानको बेस्यालय क्षेत्रमा के घुमि रहेका थिए उनले आफूतिर बढिरहेका एक युवकलाई ठम्याए  उनी झसँग भए – कुरूपमा कुरूपघृणास्पद गद्घार खाले मान्छे उनको अगाडि थियो  उनले मनमनै भने– होयस्तै अनुहारको खोज थियो मलाई  उनि युवकको नजदिक गए  प्रस्ताव राखे– महाशयतपाई मेरो चित्रको मोडेल बन्नु हुन्छ कि ? केटाले पैसा लिने शर्तमा स्वीकार गरे  गुरुद्रोही जुदासको चित्र तयार भयो  त्यसपछि उन्नले हाँसेर भने कलाकार महोदय तपाईले – मेरो तस्बीर दुई दुई चोटी बनाउनु भयो  जसलाई जिजसको रूपमा चित्रण गर्नुभयो त्यो मोडल पनि मंै थिएँहा हा हा 

दा भिन्ची झस्के –कसरी तपाई ‘जिजस’ बाट जुदास जस्तो पात्र देखिनु भयो ? आँखाबाट बर्बर आँसु झार्दै त्यो केटाले भने– कुसँगतकै कारण  पहिला  चर्च जान्थेँ  जिजसजस्तै बन्न चाहन्थेँ , सबै ठीक हँुदै थियो  पछि रक्सी खाइयोबेस्या बृत्ति गरियो त्यस्तै– डकैड गर्नेहरूसित सँगत हुँदै गयो    पनि शारीरिक एवंम मानसिक रूपमा त्यस्तै भएँ 
  बुद्धले भनेका– बरु एक्लै हिँड तर गलत साथि नबनाऊ 

0 comments:

Post a Comment