१६. डर
छब्बीस सय वर्ष
अघि एउटा वयल
गाडा पहाडी बाटोमा
गुड्दै थियो ।
त्यस गाडाभित्र चालकबाहेक
चारजना अरु सवार
थिए– तीन सामान्य
मान्छे र रक्सीले
पुरै मात्तिएको एक
रक्स्याहा । अचानक
गाडा चिप्लेर भीरबाट
खस्यो । उक्त
दुर्घट्नामा रक्स्याहाबाहेक सबै मारिए
। उस्लाई सामान्य
चोट पटक मात्र
लाग्यो । अरु
सवारलाई पनि त्यतिमात्रै
हुनु पर्ने थियो
। तर, उनीहरुले
ज्यानै गुमाए । प्रष्टैछ,
दुर्घट्नाको कारणले हैन ‘डर’को कारणले
उनीहरु मरे ।
के भएको थियो,
त्यस्को पत्तो नै थिएन
रक्स्याहालाई र त
उनी डराएनन् ।
अनि मरेनन् ।
कथाको सन्देशले भन्छ,
मान्छेलाई संसारले कम, डरले
बढी मार्छ ।
के हो त
डर ? अंग्रेजीमा यसलाई
फियर ढँभबचण् भनिन्छ
। जसलाई यसरी
बुझ्दा हामीलाई फाइदै फाइदा
हुन्छ ।
एफ–फल्स (झुट्टा)
ई–इभिडेन्स ( प्रमाण¬¬)
ए–एपियरिङ ( जुन हामीलाई
लाग्छ)
आर–रियल (सत्य)
फियर अर्थात् झुटा कुराहरु
जुन हामीलाई सत्य
लाग्छ । त्यसैको
परिणाम हो, डर
। यस कुराको
बैज्ञानिक आधार पनि
होला त ? छ
। पश्चिमी अन्वेषकहरुले
केही समय यता
डरसम्बन्धी के तथ्यांक
अघि सारेका छन्
भने– हामीलाई जुन
जुन कुराको डर
हुन्छ– जस्तै, मलाई क्यान्सर
जस्तो भयंकर रोग
लाग्यो भने ! जाँचमा पास
नभएर बर्वाद भयो
भने ! खानसमेत पाएन
भने ! यस्ता मस्तिस्कमा
चौविसै घण्टा चल्ने अधिकांश
डरको कुनै अस्तित्व
नै हुँदैन ।
अर्थात् ८७ प्रतिशत
हाम्रो डर कहिल्यै
सावित हुँदैन ।
यस्को मतलब हो
हामी प्रायः ती
कुराको लागि चिन्तित
हुने गर्छौं जुन
जीवनमा प्रायः घट्दै घट्दैन
। अर्थात् हाम्रा
अधिकांश चिन्ताको वैज्ञानिक धरातल
नै हुँदैन ।
हामी विज्ञानमा विश्वास
राख्छौं । तर,
हाम्रा चिन्ता अवैज्ञानिक छन्
।
रह्यो १३ प्रतिशत
डरको कुरा ।
ती यस्ता कुरा
हुन् जुन हामीले
चाहे पनि रोक्न
सक्दैनौ । जस्तै
मर्ला की भन्ने
डर, बुढो होलाकी
भन्ने डर, असफल
होला की भन्ने
डर, त्यस्तै अरुले
धोका देला कि
भन्ने डर इत्यादि
। १३ प्रतिशत
यस्ता घट्ना छन्
जुन हामीले चिन्ता
गरेर पनि रोक्न
सकिँदैन । होनहार
दैव नटार भनेको
यही हो ।
अतः आफूले सोच्ने ८७
प्रतिशत डर हुँदै
हुँदैन भने १३
प्रतिशत नकारात्मक घटना रोकिँदैन
। त्यसैले यसको
चिन्ता गर्नुको पनि कुनै
तुक छैन ।
स्मरण रहोस् उपरोक्त
कथामा वयलगाडा खसेर
मान्छे मरेका हैनन् ।
मरिएलाकी भन्ने चिन्ता गरेकाहरु
सवै मरेका हुन्
।
१६. डर