Tuesday, August 18, 2015

अहिले हामी गम्भीर मोडमा छौं । धेरै कुराको छिनोफानो गर्ने क्रममा धेरै नयाँ मुद्दाहरु हाम्रा अघि आएका छन् । ती मध्ये हाम्रो देशले बहुसंख्यक हिन्दु धर्मालम्बीको मागलाई सुनुवाई गर्दै हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्दै अरु धर्मलाई पनि स्वतन्त्र गतिविधि गर्न दिने कि सोझै धर्मनिरपेक्ष बनाउने भन्ने बहस मुख्य हो । हाम्रो देश प्रजातान्त्रिक मुलुक भएकाले कुनै धर्मका पक्ष वा विपक्षमा हुनु राम्रो होइन । यो सिधा कुरा पनि हो । लोकतान्त्रिक देशहरुले अपनाउने एउटा पद्धति धर्म निरपेक्षता हो । संसारका प्राय जसो लोकतान्त्रिक मुलुकहरुले धर्म निरपेक्षताले नै समाजका सबैलाई न्याय गर्न सक्छ भन्ने सिद्धान्त स्थापित भैसकेको छ । लोकतान्त्रिक मुलुक स्वतन्त्रताको पक्षधर हुन्छ । धेरै किसिमका स्वतन्त्रता मध्ये धर्म बदल्न पाउनु पनि एउटा स्वतन्त्रता हो । मलाई कुनै कुरा मन परेन भने मन नपरेको त्यो कुरालाई लिएर त बाँच्नु लोकतान्त्रिक मान्यता विरुद्ध हो । त्यो आत्महत्या सरह नै हो । त्यसलाई पनि मैले बदल्न पाउनु पर्छ । त्यो अधिकार प्रत्याभुत गर्ने लोकतन्त्र नै हो । त्यसकारण धर्म निरपेक्षता मानव स्वतन्त्रताको पराकाष्ठ हो । अथवा लोकतन्त्रको एउटा प्रवल पक्ष धर्म निरपेक्षता हो । त्यसैले सामान्यतया लोकतान्त्रिक भनिने मुलुकहरुले धर्मनिरपेक्ष नै देखिन्छ । यो सैद्धान्तिक कुरा हो । राष्ट्र भनेको भूगोल मात्र होइन, जनताको भावना पनि हो । त्यहाँका रीति–थिती र संस्कार पनि हुन् । यहि कारण जहाँ जनताको जस्तो भावना मुखरित हुन्छ, त्यो देश लोकतान्त्रिक हुँदाहुँदै पनि आफुलाई धर्म निरपेक्षताबाट धर्म सापेक्षता भएका छन् । युरोप तथा अमेरिकाका धेरै जसो देश लोकतान्त्रिक मुलुक हुन् । ती लोकतान्त्रिक मुलुकमा धर्म परिवर्तन गर्ने स्वतन्त्रताका पक्षमा धेरै वकालत हुने गरेको छ । तै पनि त्यहा“का अधिकाशं मुलुक क्रिस्चियन धर्मलाई कुनै न कुनै रुपमा संरक्षण गर्ने कानुनहरु छन् । यहि कारण पनि संसारका धेरै देश क्रिश्चियन धर्म निकट वा संरक्षक छन् । लोकतन्त्रको जन्मदाता र लोकतन्त्रका दार्शनिक जन्माएका मुलुक नै किन क्रिस्चियन धर्म निकट भए त रु यसको खोज गर्दै जाँदा धेरै अनौठा घटनाहरु पाइन्छन् । सुरुमा ती मुलक क्रिश्चियन धर्म निकट भए पनि जनता शिक्षित हुँदै जाँदा धेरैले हिन्दु वा बौद्ध धर्मालम्बी हुन पुगे । यो संख्या तीब्र रुपमा बढ्दै जाँदा केही सोधहरु भए । ती सोधमा के पाइए भने त्यहाँका जनता हिन्दुको योग तथा बौद्धको ध्यानबाट आकर्षित भएर धर्मपरिवर्तन गरिरहेका थिए । समयक्रममा धर्मनिरपेक्षता अपनाउँदै जाँदा ठूलो जनसंख्या क्रिश्चियनबाट अन्य धर्ममा गएको देखियो । यो घट्दै र परिवर्तन हुँदै जाँदा ती देशको पहिचान नै खतरामा पर्ने अवस्था आयो । हिन्दु र बौद्ध (कतिपय मुस्लिम पनि ) हुने क्रमलाई रोक्ने कसरी ? धर्मलाई जोगाउने कसरी ? यो तर्क अघि बढ्दै गएपछि प्रयोगका रुपमा ‘भ्याटिकन सिटी’ लाई आधिकारिक रुपमै धर्मसापेक्ष मुलुक घोषणा गरियो । यसलाई त्यहाँका नागरिकले खुला हृदयले स्वागत गरे । यसले आफ्नो देशको भिन्न चिनारी मात्रै भएन, सरकार पनि लोकप्रिय भयो । यसले छिमेकी मुलुकलाई प्रभावित पा¥यो । पछिल्लो चरणमा भ्याटिकन सिटी झैं नर्वे जस्तो लोकतान्त्रिक देश पनि धर्म सापेक्ष बनाइयो । नर्वेलाई धर्म निरपेक्ष कायम गरि राखियो भने क्रिस्चियानीटी हराउन पनि सक्छ भन्ने तर्कले बलियो रुप लियो र संसारको प्रजातान्त्रिक देश मध्ये एक नर्वे एक धर्मसापेक्ष हुन पुग्यो । पश्चिमका केही मुलुक धर्मसापेक्ष हुनुको मुख्य कारण नै पूर्वबाट विकास भएको योग र ध्यानले त्यहा“का जनतालाई आकर्षित गर्नु हो । मानिस जति विकसित हुँदै जान्छ, नयाँ कुराको खोजी गर्छ । यस्तो खोजले अन्ततः पश्चिाहरुलाई बौद्ध र हिन्दु धर्मका केही बैज्ञानिक पक्षले आकर्षित गर्नु स्वभाविक नै थियो । तर यो साधारण आकर्षण थिएन, हुलका हुल मानिस ज्ञान र योगको भोकमा भारत नेपाल र तिब्बत आउन थाले । धेरै बुद्धपुरुष र योगीहरुबाट दीक्षा लिन थाले । यसले क्रिस्चियनहरुको संख्या घट्दै गएको देखियो । अध्येताहरुले यहि पारामा अघि बढ्ने हो भने पश्चिममा क्रिस्चियन धर्म धरापमा पर्ने अवस्था देखियो । यहि कारण पश्चिमका केही मुलक धर्मनिरपेक्षताबाट पछि हट्नु स्वभाविक पनि हो । यो राष्ट्रिय आवश्यकता पनि थियो । लोकतन्त्रले स्वतन्त्रतालाई जोड दिन्छ, दिनुपर्छ । नत्र लोकतन्त्र देखावटी मात्रै हुन्छ । तै पनि सबै देशले देशका दुर्लभ वन्यजन्तुलाई मार्नु हुँदैन, उनीहरुको संरक्षण गर्नुपर्छ भनेर संरक्षण क्षेत्र बनाइन्छ । यसरी संरक्षण गर्दा उनीहरुको केही स्वतन्त्रता हनन त होला, अन्तत्वगत्वा फाइदा देश र संरक्षण भएका जनावरको हुन्छ । ठिक त्यसैगरी मानव इतिहासलाई यहाँसम्म पु¥याउन योगदान दिने धर्मलाई पनि त संरक्षण चाहिन्छ । त्यो संरक्षणको लागि पश्चिमाहरुले आफ्ना केही मुलुकलाई धर्म सापेक्ष बनाएका छन् । केहीले धार्मिक स्वतन्त्रता दिएपनि कतिपय अवस्थामा इसाई धर्मको संरक्षणको गर्नुपर्ने बाध्यता जस्तो कानुन पनि बनाएका छन् । यसले यद्यपी उनीहरु लोकतान्त्रिक मुलुकहरु हुन् । यो क्रिस्चियन मुलुकहरुको कुरा भयो । अब यता मुस्लिम देशहरुतिर जाने हो भने झण्डै चालिस वटा मुस्लिम देशहरुमा अधिकांश देशहरु धर्म सापेक्ष नै छन् । आफुलाई मुस्लिम मुलुक नै बनाएका छन् । त्यहाँका प्राय सबै मुलुक धर्म सापेक्ष नै छन् । अर्थात मुस्लिम धर्मलाई संरक्षण गर्ने नीतिमा पूर्णरुपमा लागेका छन् । टर्की लगायतका केही केही मुलुकहरु मात्र धर्म निरपेक्ष छन् । बुद्धिजमको कुरा गर्ने हो भने त्यस्ता धेरै सभ्य मुलुकहरु छन् जहाँ बौद्ध धर्म फैलिएको छ । बौद्ध धर्मलाई संरक्षण गरेर बुद्धिष्ट देश भएका थाइल्याण्ड, भुटान, बर्मा लगायतका देशहरु अरुभन्दा अघि आएका छन् । त्यसबाहेक दर्जन बढि विकसित मुलुकले कुनै न कुनै रुपमा बौद्ध धर्मलाई हित हुने गरी कानुन ल्याएका छन् । यो उनीहरुको नीति अन्तरगत नै पर्छ । ती देशहरुमा अरु धर्मालम्बीको धर्मलाई स्वतन्त्रता त दिइएको छ तर बौद्ध धर्म–दर्शनका पक्षमा हुने कुनै पनि कामलाई अलिकति बढि महत्व दिइएको छ । यहि कारण बौद्धधर्मले संसारभर आफ्नो छाप छाड्न सफल भएको पनि छ । अन्त्यमा हिन्दु धर्मको कुरा गरौं । भारतमा आधाभन्दा बढि जनता हिन्दु धर्मालम्बी छन् । बेलायतको अधिनस्त भएका कारण त्यहाँ अग्रेजको शासन हुँदादेखि नै हिन्दु धर्मबाहेक अन्य धर्मालम्बीलाई उत्तिकै महत्व दिएको देखिन्छ । भारत स्वतन्त्र भएपछि त्यही नीति लागू भयो र संविधानमा पनि धर्मरिपेक्ष नै लेखियो । किनभने त्यो बेला संविधान लेखनमा अंग्रेजहरुको प्रत्यक्ष संलग्नता थियो । नेपालमा त्यो परिस्थिति छैन । नेपालमा बहुसंख्यकले हिन्दु धर्म मान्छन् । अब नेपाललाई पनि धर्म निरपेक्ष बनाउने हो भने हिन्दु धर्म संरक्षण गर्ने मुलुक खोई त रु धर्म संरक्षण गर्ने नाममा पनि नेपाललाई धर्म निरपेक्ष भन्दा धर्म सापेक्ष बनाउनु पर्छ भन्ने धेरै मान्छेहरुको ठम्याई छ । एउटा जनावरलाई लोप हुन नदिन त संरक्षण चाहिन्छ भने हिन्दु धर्मलाई पनि बचाउन संरक्षण चाहिने कुरा त स्वभाविक नै हो । सबै धर्महरुको आ–आफ्नै संरक्षण मुलुक छन् भने हिन्दु धर्मको मात्र संरक्षण मुलुक किन नहुने ? अब रह्यो कुरा नेपाललाई हिन्दु धर्मको संरक्षण केन्द्र वा हिन्दु राष्ट्र बनाइयो भने अरु धर्मलाई के होला ? यसको लागि त नीति अहिले बनाउने हो । अरु धर्महरुको अभ्यासको लागि चाहिने स्वतन्त्रतामा दख्खल नपुग्ने गरि कानुन बनाइनु पर्छ । पंचायतकालमा बरु ती स्वतन्त्रताहरु थिएनन् तर लोकतन्त्रमा त ती स्वतन्त्रताहरु दिईएका नै छन् । अर्को कुरा नेपाल हिन्दु धर्मको संरक्षक देश भइदिंदा संसारभरबाट आम्दानीको थलो पनि भइदिन्छ । किनभने हिन्दुहरु पनि अर्बौंको संख्यामा संसारभर छन् । जसरी मक्का मदिना भएको साउदी अरब जस्तो देश मुस्लिमहरुको लागि तीर्थस्थल भएको छ । ती मुलुक जादा नेपालका मुस्लिमहरुलाई सरकारले खर्च दिन्छ । त्यस्तै नेपाल पनि हिन्दुहरुको लागि एउटा पवित्र तीर्थस्थलको रुपमा विकास गर्न सकिन्छ । देशको आर्थिक स्थिति बलियो बनाउने माध्यम हुनसक्छ । उसरी राष्ट्रको आम्दानीको ठूलो भाग धर्मबाट नै आउँछ र धर्मको पहिचानलाई बचाउन पनि सहयोग पु¥याउँछ । नेपाल त गरीब मुलुक हो । अतः नेपाललाई हिन्दु राष्ट्र बनाइयो भने हिन्दुहरुको आध्यात्मिक पर्यटनको केन्द्रको रुपमा विकास गरेर धेरै पछाडी परेको नेपाललाई उठाउन सकिन्छ । अर्को कुरा नेपालको अन्तरिम संविधानमा नै धर्म निरपेक्षताको कुरा उल्लेख गरिएको छ । धर्म निरपेक्षताको अर्थ सबै धर्मालम्बीहरुको आ–आफ्नो धर्म स्वतन्त्रता पूर्वक अभ्यास गर्न पाउने अधिकार र राज्य आफैले राष्ट्रिय स्तरमा नै कुनै पनि विशेष धर्म नअँगाल्ने भन्ने कुरा हो र सबै धर्मलाई बरोबरी मान्ने भन्ने कुरा हो । यो कुरा राम्रै हो तर देश, काल, परिस्थिति अनुसार कुरा फरक हुँदो रहेछ । नेपालमा धर्म निरपेक्षता भन्नुको अर्थ के भइदियो भने यहाँ क्रिस्चियनहरुले पैसा र लोभको बलमा यहाँका हिन्दु, बौद्ध र किराँतहरुलाई धर्म परिवर्तन गराउँदै गए । स्वेच्छाले धर्म परवर्तन गर्न पाउनु त धर्म निरपेक्षताको मूल मर्म नै हो । तर पैसा दिएर इच्छा जगाइदियो भने के गर्ने रु पैसाले इच्छा किन्न पाईंदो रहेछ । यसरी पैसा देखाएर, लोभ दिलाएर धर्म परिवर्तन गर्ने श्रृंखला त छँदैछ । अर्कोतिर कतिलाई हिन्दु र बौद्ध धर्मका कमजोर पक्षलाई देखाएर धर्म परिवर्तन गर्न उक्साउने काम गरिएको छ । हरेक धर्ममा कमजोरी हुन्छन् । सबै धर्मका राम्रा पक्ष हुन्छन् । आफ्नो धर्मका कमजोरी लुकाउने अनि अरुको कमजोरी देखाएर वा दुश्प्रचार गर्ने गर्दा यसले एक किसिमले विस्तारै विद्धेषको भाव फैलाएको छ । कुरा धर्मको गर्ने तर क्रिस्चियनहरु अरु भन्दा सर्वात्कृष्ट (सुपिरियर) छन्, हिन्दु तथा बौद्धहरु निक्रिष्ट९इन्फिेरियर० छन् भनेर विद्धेषको भाव फैलाउनु भनेको राष्ट्रको लागि हितकर होइन । नेपालमा क्रिस्चियनहरुले कसरी प्रचार गरे भने यहाँ भएका हिन्दु बौद्धहरुका कुरा सैतानका कुरा हुन् । हाम्रो धर्म मात्र सही हो । अरु सबै धर्म गलत हुन् । हिन्दु धर्ममा अरुलाई ढोग्ने, पूजा गर्ने टिका लगाउने काम एकदम गलत हुन् आदि–आदि भनेर एकदम कट्टर समुदाय बनाउँदैछन् । कट्टर मुस्लिम जस्तो समुदाय बनाउँदैछन् । त्यहि कट्टर मुस्लिम आतंकवादी बनेर संसारलाई पीडा दिइरहेका छन् । अहिलेको अभ्यास कस्तो देखियो भने धर्म निरपेक्षता जस्तो लोकतान्त्रिक मर्ममा टेकेर यसको अलोकतान्त्रिक फाइदा उठाउने काम भएको छ । मेरो व्यक्तिगत कुरा गर्ने हो भने म धर्म निरपेक्षता वा धर्म सापेक्षताको पक्षमा छँदैछैन । मान्छेलाई कुनै धर्म दिनु भन्दा वा हिन्दु, बौद्ध, जैन बनाएर मान्छेलाई टुक्राटुक्रा गर्नु भन्दा मान्छेलाई आध्यात्मिक बनाउनु पर्छ भन्ने लाग्छ । कुनै पनि आध्यात्मिक मानिस हिन्दु, बौद्ध, जैन आदि धर्मद्धारा बाधिंएको छैन । मैले बुझेको कुरा के भने यहाँका हरेक धर्मले मान्छेलाई विभाजन गर्दै आएका छन् । हिन्दुको नाममा, बौद्धको नाममा, मुस्लिमको नाममा । अतः धर्म रहिरहँदा यहाँ मान्छेहरु विभाजित भइरहन्छन् । त्यसकारण राष्ट्र मात्र होइन हरेक मान्छे धर्म निरपेक्ष हुनु पर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । म त कट्टर निरपेक्षतावादी नि । तर यति हुँदाहुुँदै पनि अध्यात्म हरेक धर्मको सार भए कति हरेक मान्छे अध्यात्म सापेक्ष हुनुपर्छ र ऊ धर्म निरपेक्ष हुनु पर्छ भन्ने पक्षमा म छु । र मेरो यो बुझाइको कडी श्रद्धेय अब्दुल कलामसँग पनि जोडन चाहन्छु । एक्काइसौं शताब्दीको थोरै अद्भूत मान्छेहरुमा उनी पनि पर्छन् । उनी कट्टर मुस्लिम परिवारमा जन्मेर पनि प्राय हिन्दु धार्मिक गुरुहरुकोमा जान्थे, चर्चमा जान्थे । आर्शिवाद लिन्थे । उनी नेपाल आउँदा उनले दिएको एउटा सुझाव नेपाली बौद्धिक बर्गले ध्यान दिए जस्तो लागेन । उनले भनेका थिए, ‘नेपाल धर्म निरपेक्ष बनाए पनि अध्यात्म सापेक्ष बनाउनु पर्छ ।” अध्यात्म सापेक्ष बनाउने हो, धर्म सापेक्ष होइन । यो लेख टुंगो लगाउनु अघि ओशोको एउटा गम्भीर कुरा जोड्न चाहन्छु । उहाँले भन्नु भएको थियो भने “यो हिन्दु, बौद्ध, सिख, मुस्लिम आदि धर्मको नाम होइन । यी त रोगका नाम हुन् । यो उन्मुलन हुनु पर्छ । जसले आशोको यो भनाइलाई मनन गरेका छन्, उनीहरु रोगमुक्त भएका छन् ।

Tuesday, August 11, 2015

सन् १७६१भारतको आनन्दपूर भन्ने एक स्थानयहीँ बसी गुरु टेगबहादुर सिँहका सुपुत्र गुरु गोबिन्द सिंह सिंगो मुगलसाम्राज्य विरुद्ध लड्दै थिए  त्यस बेलाका निरंकुश तानाशाही शासक थिए— औरंगजेव  उनले सारा हिन्दूहरूलाई तलवारको भरमा मुसलमान बनाउने  हुकुम जारी गरेका थिए  यसै अपवित्र शाही फरमानको विरोधमा उठेको एक शसक्त आवाज थियो— गुरु गोविन्द सिंह  उनका पिताश्री पनि यसै कारण शहीद भैसकेका थिए 
आनन्दपुरमा डेरा जमाएर बसिरहेका गोविन्द सिंहको विरुद्ध औरंगजेबले कयौं पटक ठुलठूला सेनासमूह पठाएर पनि उनलाई हराउन सकिरहेका थिएनन्  अन्ततः उनले देशीविदेशी सबैतिरका फौज जम्मा गरे— एकलाख भन्दाबढी  यही ताकत लगाएर गोबिन्द सिँहलाई पराजित गर्न खोजे  उता सिँहका पक्षमा भने मात्र आठ हजार सेना थिए  यी दुई पक्षका बीच खूब घमासान लडार्इँ भयो  तैपनि आठ हजार सैनिकलाई एक लाख सैनिकले जित्न सकेन्न  एउटा जाबो समूहको अगाडी सिंगो साम्राज्य कमजोर साबित भैरहेको थियो  प्रत्यक्ष लडेर जित्न नसकेपछि औरंगजेबका सैनिकहरुले छलछामको बाटो अपनाएर गुरु सिंहहरूलाई नाकाबन्दी गरे  जहाँजहाँबाट आनन्दुरमा खाद्यान आउँथ्यो ती सबै नाकामा भारी सेना तैनाथ गरिए  आखिर लामो समयसम्म हिम्मतका साथ लडेका सिंहसेनाहरू भोकको कारण लड्न सकेनन्  फलस्वरूप उनीहरू किल्ला छाडेर भाग्न बाध्य भए  छलबलमै टेकेर औरंगजेबका सेनाले जिते 
एक लाख भन्दा बढी सेनाले समेत परास्त गर्न नसकिने आठ हजार सेनाबलको रहस्य के होला  ?
यो घटनाभन्दा ठीक दश वर्षअघि सन् १७५६ चैतमा सिंहले सबै सिखहरूलाई आनन्दपुरमा जम्मा हुने आदेश दिएका थिए  गुरुले हातमा तरवार लिएर भने— धर्म– रक्षाको लागी तपाईंहरू माझ मर्न तयार कोही छन् ? मलाई त्यस्ता वीरका टाउको चाहिएको   अचम्मको कुरो— गुरुका शब्द भुइँमा खस्न नपाउँदै दयाराम खत्री लगाएत पाँचजना सिखले आफ्नो टाउको अचानोमा थपाथप थापे तर गुरु सिंहले भने उनीहरूका टाउका काटेनन् बरु तरवार दिएर भने— सम्पूर्ण सिखमाझ तिमीहरू नै सबभन्दा खालसा अर्थात् पवित्र हौ  पवित्रआत्मालाई कसैले हराउन सक्दैन  नभन्दै यिनै पाँच खालसाले हाँकेको आठ हजार फौजको अगाडी औरंगजेब जस्ता सिंगो भारतका सम्राटले नैतिक हार व्यहोर्नु ¥यो 
यही हो – मनके जीते जीतमनके हारे हार– भनेको 

Monday, August 10, 2015



एक्सन रिप्ले एउटा हिन्दी फिल्मको नाम  त्यस सिनेमामा जोइपोई असाध्यै एकआपसमा झगडा गर्छन्  आमाबाबाका अटुट झगडाबाट आजित भएको छोरा टाइममसिनमा चढी उनीहरूका भूतका
लमा चियाउन सफल हुन्छ  अविवाहित कालदेखि नै उनका आमाबाबाहरू एकआपसमा पटक्कै मिल्दैन थिए  एउटा विशेष परिस्थिति आइपरेकोले मात्र उनीहरूको विवाह सम्पन्न भएको थियो  छोरो चाहंीँले कुरो बुझ्यो— आमाबाबामा अहिले प्रेम नहुनुको कारण विगतमा मेल नहुनु पो रैछ  छोरो टाइममेसिनको माध्यमबाट भूतकालमा पुग्योे  उसले विशेष परिस्थिति निमार्ण गरी आमाबाबाको भूतकालाई सच्याइ दियो  अर्थात् विवाह पूर्व नै आमाबाबाबीच पे्रमको विजारोपन गर्न  सफल भयो  त्यसपछि  टाइममेसिनमै चढी वर्तमानमा आयो   उसले झगडालु बाबुआमाबीच अगाध प्रेम सुरु भएको पायो 
यस कथावस्तुको सन्देश के हो भने यदि विगतमा कुनै पनि क्षेत्रमा खराबी भए मात्र वर्तमानमा खरावी हुन्छ  त्यस्तै विगतमा सबै कुरा ठीकठाक भए मात्र वर्तमानमा सवै कुरा ठीकठाक रहन्छन्  निश्चय पनि हामीलाई फिल्ममा जस्तो टाइममेसिन चढी विगत सच्याउन सम्भव हुँदैंन तर वर्तमानलाई सच्याउने मौका भने सवैस रहन्छ  परिमाणस्वरूप भविष्य सुखदसफल एवं सार्थक बनाउन भने अवश्य सकिन्छ  यिनै कुरालाई मध्यनजर राखी महर्षी पतञ्जलीले योगसूत्रमा भनेका हुन्— हेयम् दुःखम् अनागतम् अर्थात् भविष्यमा आइपर्ने दुःखलाई  भने हामी सबैले मेटाउन सक्छौ“  यद्यपि हामीले वर्तमानमा प्रसस्तै दुःखपीडा झेलीरहेका हुन सक्छौ“ तैपनि भविष्य भने हाम्रै हातमा रहन्छ  त्यसको लागी विगतका गल्तीबाट सिकेर वर्तमानलाई सच्याउने  भने गर्नै पर्छ  यहानेर विश्वविख्यात् अमेरिकी हास्य कलाकार मार्क टोएनको भनाइ पनि ठिकै देखिन्छ  उनी भन्छन् —हामी सबैले भविष्यबारे सोच्नु पर्छ किनभने हामी सबै त्यतैतिर जादैछौं ।ं
प्रसंग बदलौं
 संगीतको इतिहासमा सर्वाधिक श्रद्धास्पद नाम हो लुडविग वान विथोविन  यस कारणले मात्र हैन कि उनले महानतम  संगीत निमार्ण गरे   उनी यस कारण महान हुन् कि उनले सबभन्दा राम्रो कम्पोज आफू बहिरो भैसकेपछि गरेका थिए  कल्पना गर्नोस् – यसरी असंभव प्राँयः कार्यसिद्धिको कारण भने उनको विगत नै थियो  उनी मात्र चार वर्षको छदाँ सबै सुती सकेको बेलापारी भ्वाइलिनको अभ्यासमा निमग्न रहन्थे  चार वर्षको बच्चा आधिरातसम्मत्यो पनि निरन्तर अभ्यास  होयही उनको अर्थपूर्ण विगतकै परिमाणस्वरूपकानले साथ नदिंदा पनि उनी सफलतम संगीतकर्मी हुन सफल भए 

Sunday, August 9, 2015

रवीन्द्रनाथ टैगोर एक महान् साहित्यकार हुन् अझ कतिपयले उनलाई महा मानवसमेत भन्न् चुक्दैनन्  उनले कसरी यो महानताको शिखर छोए भन्ने प्रश्न उठ्दो हो   यस प्रश्नको जवाफ खोज्न उनको बाल्यकाल खोतल्न सकिन्छ 
रवीन्द्रका बाबु देवेन्द्रनाथ सधँै समाजिक एवं धार्मिक कार्यक्रममा व्यस्त रहन्थे भने उनकी आमा दीर्घ रोगी थिइन् परिणाम स्वरूप रवीन्द्रको वाल्यकाल नोकरचाकरहरूको रेखदेखमा बित्यो  यस प्रसंगमा श्याम भन्ने एउटा नोकरको रवीन्द्रप्रतिको व्यबहार उल्लेखनीय  
                श्याम भन्ने नोकरले प्रायः घरमा लक्ष्मणरेखाजस्तै घेरा बनाउथे  रवीन्द्रलाई त्यसैभित्र कैद राख्थे  भन्थे —जबसम्म  फर्केर आउँदिन तबसम्म तिमिले यो घेरा तोडेर बाहिर जान पाउँदैनौं 
यसरी उनी प्रायः घण्टौँ यस्तो घेरामा फँस्थे  अब यस्तो बेला गर्ने के  ? मान्छेले अझै गर्न सक्ने रचनात्मक कुरा बाँकी होलान्  ? अवश्य त्यो हो कल्पनाशील बन्नु  यसरी सुरूका दिनहरूमा उनी कल्पनाशील हुन्न वाध्य भए÷पारिए    ती दिनमा उनले कल्पनै कल्पना गरेर समय बिताउथे 
पछिल्ला दिनमा सबै बच्चाबच्चीजस्तै उनी पनि स्कुल जान थाले  तरपढाइमा उनको मन पटक्कै जांदैनथ्यो  शिक्षकले पढाउँदै गर्दा उनी कल्पनालोकमा विचरण गरिरहेका हुन्थे  परिणामस्वरूप उनले बारंबार शिक्षकहरूको गाली खान्थे  एक जना शिक्षकले उनलाई सम्बोधन गर्दै यहाँसम्म भन्न भ्याए कि— तिमी बिल्कुल मूर्ख हौतिम्रो दिमागमा गिदी हैनगोबर भरिएको   तरपढ्नमा पट्क्कै मन नगर्ने यस बिग्रिएको भनिएको केटाको मनभने चित्रकलासंगीतकला साहित्यमा बेस्सरी लाग्थ्यो  यिनले पछि कल्पनाकै आधारमा एक कालजयी महान काव्य लेख्न भ्याए— गीताञ्जली  यसै कृतिको कारण उनी सन् १९१३ को साहित्यमा नोबेल पुरुष्कारबाट सम्मानीतसमेत भए 
यदि उनलाई श्याम भन्ने नोकरले निश्चित घेरामा थुनेर राख्नेजस्ता नकारात्मक घटना नघटाएको भए उनको कल्पना शक्ति त्यति प्रखर हुने थिएनत्यस्तै उनका शिक्षकले मूर्ख भनेर सम्बोधन नगरेको भए उनलाई विद्वान बन्ने झोंक चल्दैनथ्यो  उनी यति प्रखर बन्दैन थेअनि नोबेल पुरुष्कार कहाँ पाउँथे ?

Friday, August 7, 2015

३२. निरन्तर प्रयास

हाल संसारमा सबभन्दा चलेका पुस्तक मध्ये एउटाको नाम होचिकन सूप फर  सउल  यो चलेको पुस्तक मात्र हैनयसले क्लासिक कृतिको दर्जासमेत पाएको   यसका लेखक द्वय हुन्– ज्याक क्यान फिल्ड  मार्क हेन्सन  यसरी विश्वकै सबभन्दा चल्ने पुस्तक लेख्ने सपना प्रायः लेखकले देख्ने गर्छन्तर सफल भने कोहीकोही मात्र हुन्छन्  यस्ता सफलताका  ज्ञातअज्ञात थुप्रै कारण होलान्  एउटा प्रष्ट एवं प्रसिद्ध कारण हो– प्रयासप्रयास  प्रयास 
यस पुस्तकका लेखक द्वयले आप्mनो पाण्डुलिपि तयार गर्न अगाडिदेखि किताब ननिस्केसम्म मरिमेटेर  प्रयास गरेका थिए  स्मरण रहोस् शब्द– मरिमेटेर  उनीहरूले पुस्तक लेख्नअघि नै दिनौंमहिनौं देशका कुनाकाप्चाका पुस्तक पसल  प्रकाशकसित भेटेर कस्तो पुस्तकलेख्दा बढी भन्दा बढी बिकिन्छ भन्ने कुराको अनुसन्धान गरेका थिए  उनीहरूको अपार सफलताको पहिलो कारण नै पूर्व तयारी भन्दा अतिशयोक्ति नहोला  लामो समयको खोज अनुसन्धानपछि लेखक द्वयले तयार पारेचिकन सूप फर  सउल  त्यसपछि प्रकाशककोमा बुझाए  केही समयपछि किताबका नाना कमजोरी कोट्याई लेखकहरूलाई नै फर्काइयो  यस असफलतालाई लेखक द्वयले आप्mनो हार ठानेनन्बरु पुस्तकलाई परिमार्जन गर्ने अवसरको रूपमा परिभाषित गरे  त्यसपछि सुधारको श्रृंखला नै शुरू भयो  उनीहरू एकपछि अर्को प्रकाशकलाई पुस्तक दिदैँ फेरी फर्काएर लिदै अनि थप सुधार गर्दै रहे  उनीहरूले दुईचार हैनदर्जनौं रिजेक्ट हाँसीहाँसी झेले  किनभने उनीहरू सकारात्मक सोचको महत्व बुभ्mनेबुझाउने मान्छे मध्येकै थिए  अतः किताब जति रिजेक्ट भयो त्यति परिर्माजित हुने भयो  यस कोणबाट हेर्दै आप्mनो अथक प्रयास जारी राखे  चौँतिस पल्टसम्मन् पनि पुस्तक नछापिए पछि पैंतीसौंमा पल्टमा छापियो  त्यसपछि यी लेखक द्वय  रातारात दामी एवं नामी बन्न सफल भए 
स्मरण रहोस्विश्वकै सार्वकालीकसर्वाधिक लोकप्रिय नेता मध्येको हुन्  अव्राहम लिंकन  इतिहासकै राजनैतिक शिखर पुरुष बन्न सफल यी नेता आप्mनो प्रयासमा दसौँ पटक असफल भएका थिए  यहाँ सम्मन् कि उपराष्ट्रपतिको चुनावमा समेत यिनले हार बेहोरेका थिए  जतिपटक असफल भयो त्यतित्यति नै उनी फेमस बन्दैगएको हेक्का यिनलाई थियो    हारमा पनि यिनी खुसी हुन्थे  यिनै अनेक असफलताका कारण अन्तमा उनी राष्ट्रपति हुन सफल भए  यो पनि निरन्तर प्रयास कै परिणाम  हो