२०. काम नभए
झिंगा मार्नू
विश्व–विख्यात ककेसियन दार्शनिक
इभानोबिच गुर्डजिफको प्रंसग ।
उनी खासै काम
नभएको दिन प¥यो कि
आफ्ना शिष्यहरूलाई कतै
जगंलतिर लान्थे । उनीहरूलाई
ठाउँ–ठाउँमा खाल्डो
खन्न आदेश दिन्थे
। जब गहिरो
खाल्डो तयार हुन्छ
उनका शिष्यहरू सोध्थ,े गुरुदेब,
खाल्डो त गहिरै
खनियो, अब के
गरुँ ? गुर्डजिफ सहज जबाफ
दिन्थे, अब यसलाई
बिस्तारै पुर्नू ।
बिस्तारै पुर्र्नू रे ? पुर्ने
नै भए किन
खन्नु प¥यो
र , त्यत्रो मिहेनत
गरेर ? शिष्यहरूले सोध्थे ।
बाबुहरू हो ! त्यतिकै
समय खेर फाल्दा तिमिहरू
अल्छि हुन्छौ ।
तिमिहरूका दिमाग सुस्त हुन
थाल्छ र शरीर
कमजोर । त्यसकारण
केही न केही
गरी आफूलाई व्यस्त
राख्नु नै जीवनको
बाटो हो ।
कसो ? गुर्डजिफ भन्थे
।
प्रायः महा पुरुषले
यस्ता कुरालाई सानै
उमेरमा ठम्याइसकेका हुन्छन् र
यस्ता कुरा उनिहरूको
जीवन–दर्शन भइदिन्छ
। यसै कुरासँग
मिल्ने कुरा छ–
जर्ज वर्नड शाको
। उनले उद्घोष
गरेका छन् – यदि
केही काम पाइएन
भने झिंगा मारेर
भए पनि आफूलाई
व्यस्त राख्नू ।
शाले यो कुरा
अरूको लागि भनेका
हैनन् बरु आफै
बाँच्ने शैलीसमेत बनाएका हुन्
र त उनी
पनि महानताको शिखर
छुन सफल भए
। सु रुका दिनमा
उनी असफल लेखक
थिए । उनले
ठम्याए कि आफ्नो
मिहेनतले पुगेन । त्यसपछि
उनले जस्तो सुकै
होस् दैनिक पाँच
पृष्ठ लेख्ने अभ्यास
गरे । नौ–नौ वर्ष
लगातार आफूलाई लेख्नमा व्यस्त
राखे, परिणाम– साहित्यमा नोबेल पुरस्कार
थाप्न सफल भए
।
जवाहर लाल नेहरुले
पनि आफूलाई पथ
प्रदर्शन गर्ने खालका नारा
अगाडि सार्दैै भने–
आराम हराम है
। यिनै दार्शनिक चिन्तनबाट
स्वतन्त्र भारतका प्रथम प्रधान
मन्त्रीको जन्म भएको
मान्न सकिन्छ ।
२०. काम नभए झिंगा मार्नू