१८. सम्झौताहीन जिन्दगी र
सफलता
एकताकाको कुरा हो
। स्टिभ जब्स
गरिबबाट धनी भइसकेका
थिए । उनी
अमेरिकाकै सबैभन्दा महँगा कार
चढ्थे भने त्यस्तैखाले
महलमा बस्थे ।
तर, उनको कोठमामा
भने खाटसमेत थिएन
। उनी भुइँमै
सुत्थे । उनी
खाटमा सुत्न नरुचाउने
भने होइनन् ।
कारण यति थियो
कि उनले भनेजस्तो
खाट बजारमा भेट्टाउन
सकेनन् । आफूले
खोजेजस्तो चीज नभेट्टाउँदा
भुइँमा सुते ।
तर, इच्छासँग सम्झौता
गरेनन् उनले र
सम्झौताहीन जीवनशैली पनि उनको
सफलताका सूत्र हुन् ।
किनभने अधिकांश मानिस जिन्दगीभरि
सम्झौतामा बाँच्छन् । र त, उनीहरू
सामान्य मान्छे भन्दा माथि
कहिल्यै उक्लिन सक्दैनन् ।
एउटा भनाइ छ–
‘गुड इज इनेमी
अफ द बेस्ट’
अर्थात् ठिकैका कुरा सबैभन्दा
राम्रो कुराको सूत्र हुन्छ
। किनकि ठिकैका
कुरा पाउँदा मानिसले
राम्रो, सबैभन्दा राम्रो कुरा
खोज्दै खोज्दैन । बरु
केही नहुनेले सबैभन्दा
राम्रो कुरामाथि आँखा लाउँछ
। तर, ठिकैको
कुरा पाएकाले त्यहाँभन्दा
राम्रो खोज्ने मानसिकता नै
त्यागिदिन्छ । किनभने
उसलाई आफैँसँग भएको
ठिकैको कुरा पनि
गुम्ला कि भन्ने
डरले जहिल्यै गाँजिरहन्छ
। परिणामस्वरूप ९५
प्रतिशतभन्दा बढी कमजोर
मानिसको पंक्तिबाट ऊ उक्लनअघि
नै मर्न बाध्य
हुन्छ ।
एप्पल कम्पनीमा आफ्ना कामदारलाई
समेत उनी बेलाबखत
आदेश दिन्थे, ‘सम्झौताहीन
काम गर ।’
स्टिभ जब्सको सम्झौताहीन
जिन्दगी बाँच्ने शैली बारे
विज्ञानले भन्ने कुरा बुझ्नका
लागि एउटा शास्त्रीय
उदाहरण प्रस्तुत छ ।
एकपटक पार्वतीले महादेव नै
श्रीमान् पाउने अठोट गरिन्
। किनभने उनी
महादेव हुन् र
त उनीभन्दा माथि
कोही छैनन् ।
यो उच्चतम् उपलब्धि
हात पार्न उनी
तपस्यामा बसिन् । महादेवसित
विवाह भएको कल्पनामा
डुबिन् । यसैबीच
एक दिन सबैभन्दा
मनमोहक लाग्ने देवता विष्णु
पार्वतीको अगाडि प्रकट भए
। उनले पार्वतीसित
बिहेको प्रस्ताव राखे ।
विष्णु पनि कमका
देवता थिएनन् ।
तर, उच्चतम् भने
हुँदै होइनन् ।
त्यसैले पार्वतीले विष्णुलाई समेत
तिरस्कार गरिन् । अर्थात्
उनले ‘कम्प्रोमाइज’ गरिनन्
। महादेव नै
पाए बिहे गर्ने
हो अन्यथा जिन्दगीभर
कुमारी नै बसौँला
। यो उनको
दृढअठोट थियो ।
नभन्दै पछि महादेवसँगै
बिहे भइछाड्यो ।
मात्र कुर्न सक्नुपर्छ
। जे खोजिन्छ
त्यही पाइन्छ ।
पार्वतीको यस कथाको
सन्देशलाई स्टिभ जब्सले पनि
साकार पारेका छन्
।
This comment has been removed by the author.
ReplyDeleteGood is the enemy of the best...! Got to live by that philosophy!
ReplyDeletehttp://linkinmyth.blogspot.com