२७. क्रियाशिलता
म प्राज्ञिक लेखनको लागि
बनेको मान्छे हैन,
कर्म गर्नु नै
मेरो क्षेत्र हो
।
–महात्मा गान्धि
मानिससित जम्मा तीन वटा
मस्तिष्क छन्
। र, ती
सबै मस्तिष्कका कार्यहरू
बेग्ला–बेग्लै हुन् ।
पहिलो हो आधारभूत
मस्तिष्क जुन कर्र्म
प्रधान हुन्छ, दोस्रो मध्य
मस्तिष्क जुन भाव
प्रधान हुन्छ । र,
अन्तिम मस्तिष्क जसलाई नियोकर्टेक्स
भनिन्छ यो प्रायः
बुद्धिप्रधान हुन्छ । अतः
यी तीन मस्तिष्क
मध्ये मानिस जुन
मस्तिष्क प्रधान भएर जन्मिछ
त्यसै अनुरूप उसको
क्षेत्र निर्धारित हुन्छ ।
यदि नियोकर्टेक्स प्रधान
भई जन्मियो भने
ऊ प्रायः बुद्धिप्रधान
हुन्छ अर्थात् तर्क,
गणित, विज्ञान आदी
उसको आफ्नो क्षेत्र
हुन्छ । यदि
मान्छे मध्य मस्तिष्क
प्रधान भएर जन्मिएको
छ भने ऊ
भावप्रधान हुन्छ र उसको
क्षेत्र हुन्छ – कला, साहित्य,
काव्य आदी ।
त्यस्तै मान्छे आधारभूत मस्तिष्क
प्रधान भएर जन्मिएको
छ भने उसको
क्षेत्र हुन्छ– शारीरिक कर्म
गर्नु –जस्तै डौड, खेलहरू,
नृत्य, अभिनय, समाजिक सेवा
आदी, किनकि यो
मस्तिष्क कर्म
प्रधान हुन्छ । अतः
गान्धीले भनेका कुरामाथि फेरि
एक पल्ट गौर
गराँै – म प्राज्ञिक
लेखनको लागि जन्मेको
हैन, कर्म नै
मेरो क्षेत्र हो
अर्थात् म बुद्धि
प्रधान मान्छे हैन, म
त कर्म प्रधान
मान्छे हुँ ।
आफ्नो प्रधानता छुट्याउन
सकेकै कारण उनी
महापुरुष बनेका हुन् भन्दा
अतिसयोक्ति नहोला । किनभने
सानो उमेरमा उनले
कुनै पनि प्रतिभा
देखाएका पाइँदैन । पढाइको
ममिलामा समेत उनले
थर्ड डिभिजनमा हाईस्कुल
पास गरेका थिए
। त्यसपछि एउटा
भनाइ नै प्रचलनमा आयो
कि यदि कोही
थर्ड डिभिजनमा पास
भयो भने उसले
सानदार सँग भन्थ्यो
– म त गान्धी
डिभिजनमा पास भएँ
, यार ।
गान्धी जिन्दगीभर खासै
बौद्धिक वा कलात्मक
क्षेत्रमा नलागे पनि उद्धेश्यसहित
निरन्तर क्रियाशील रहे र
यसैको परिणामस्वरूप एक
महापुरुषको जन्म भयो
। एकाइसौं शताब्दीमा
पनि उनी संसारका
दश अत्याधिक मन
पराइएका नेताहरूमा पर्छन् भने
गुगलमा सर्वाधिक सर्च गरिने
जिजस, कार्लमाकर््सपछि उनकै
नाउँ आउँछ ।
यहाँनिर एरिष्टोटलको भनाइ सार्थक
भएको छ – महानता
अरू केही हैन,
लगनशीलताको परिणति हो ।
यिनैसँग मेल खाने
अर्का युग–पुरुष
हुन् अलवर्ट आइन्स्टाइन
। उनी सानो
छँदा मन्दबुद्धिका थिए
। उनलाई सवैले
हेप्ने गरेकाले एक दिन
उनले एक शिक्षकसँग
महान हुने सूत्र
सोधे र शिक्षकले
बताए –निरन्तर अभ्यास
। यसैमा टेकी
एक लेठेब्रो बालक
माईका लालसमेत बने
। अतः आ–आफ्नो कार्य क्षेत्रको
भिजन मनमा राखी
निरन्तर लागि पर्नाले
बुद्धि र कला
नभएकाले पनि महान
हुने अवसर पाउँछ
भने हामी मात्र
के कुरामा कमका
छौं ? मात्र बाँकी
रह्यो– आ–आफ्नो
क्षेत्रको निरन्तर अभ्यास ।
२७. क्रियाशिलता