Wednesday, January 7, 2015

२६. लगाव

२६लगाव
मानवइतिहासका टपटेन प्रतिभाहरूलाई जम्मा पार्दा यसमा लियोनार्दो दा भिन्ची  पनि सामेल हुन्छन्  ,  बहुमुखी प्रतिभाको हिसाबले नम्बर एकलाई छान्ने हो भने पनि दा भिन्ची नै पर्दछन्  यस्ता इतिहासकै शिखरपुरुषको बाल्यकाल कस्तो थियो होला  ? सामान्य मान्छेको सोचाइ विपरित उनी खत्तम खालका विद्यार्थी थिए  उनलाई पढ्नुमा कत्ति पनि रुची थिएन   स्कूल छाडी खोलामा माछा मार्न हिँड्थे  छोरोको चाला देखी उनका बुबा चिन्तित भए  पढ्न नरुचाए पनि उनी मन लागेको बेला चित्र कोर्ने काममा भने निमग्न रहन्थे  अत  बुद्धिमान बुबाले ठम्याइहाले कि यसलाई पढाउनुभन्दा चित्र कार्ने विद्या सिकाउँदा उसको  आफ्नो कल्ंयाण हुनेछ  नभन्दै १४६० मा फ्रान्सका कलाकार भेरोक्किओकोकहाँ चित्रकला सिक्न पठाए  यहीँबाट दा भिन्चीको जीवनमा आमूल परिर्वतन आएको देखिन्छ  विद्यालयमा काम नलाग्ने यो विद्यार्थीले विश्वलाई नै काम लाग्ने मोनालिसालगायत अनगिन्ती कृति छाडेर जान भ्याए 

यस्तै  मानव इतिहासको उर्को धरोहर ग्यालिलियोको बाल्यकाल पनि  उनी पनि स्कूलको कक्षामा बस्न रुचाँउदैनथे  किनभने उनको गहिरो रुची अन्य विषयमा भन्दा गणितमा थियो त्यति गहिरो गणित बुभ्mने  बुझाउन सक्ने शिक्षक नै थिएन उनको स्कूलमा  अतः उनी स्कूलबाट सुत्त भागेर टुस्कान कोर्टका गणितज्ञ ओस्टिलियो रिकीको कम्पनीमा बसेर समय बिताउनलाई महत्व दिन्थे  रिकीले पनि इतिहासकै महान गणितिज्ञहरू युक्लिड  आर्किमिडिजजस्ता गणितिज्ञहरूप्रति ग्यालिलियोको प्रेम एंव श्रद्धा जगाइदिए  यस्ता महान गणितिज्ञहरूका बारे सुनिरहँदा उनमा उनीहरूजस्तै महान बनी छाड्ने अठोट जागेको थियोपरिणामस्वरूप ग्यालिलियोभित्रको “महान गणितिज्ञ” जागेरै छाड्यो 

यस्तै स्कूल नगई इतिहास निमार्ण गर्न सक्ने एक अर्का व्यक्तित्वको नाम हो माइकेल फेराडे  उनले दुई कक्षा मात्र पढन् भ्याएका थिए  तर उनको रुची भने रसायनशास्त्रमा थियो  यिनै रुचीमा टेकी उनले तात्कालीन प्रसिद्ध रसायनशास्त्री हम्फ्री डेभीकोमा काम गरे – ल्याबमा टेस्टट्युुब धुने  उनले यस्ता साना कामबाट सिक्दासिक्दै अन्ततः मानवजातिलाई सबभन्दा कामलाग्ने बिजुलीको आविस्कार गर्न भ्याए  उनी आफ्ना गुरुभन्दा माथि उठ्न सफल भएकिनभने रसायनशास्त्रप्रति उनको अनन्य लगाव थियो 

0 comments:

Post a Comment