Wednesday, August 5, 2015

२९. जन्मजात गुण

२९जन्मजात गुण
विश्वका दुई महानतम कलाकार लियोनार्दो दा भिन्ची  माइकेलएन्जेलो” यसो भन्नु भन्दा यसो भन्दा उनीहरुमाथि न्याय हुने देखिन्छ –मानव इतिहासकै दुई महानतम कलाकार दा भिन्ची  माइकेलएन्जेलो  दा भिन्चीको चित्र मोनालिसा चित्रजगतको अद्धितीय कला मानिन्छभने माइकेल एन्जेलोको मूर्ति डेविड मूर्तिजगतको अद्धितीय कला  संयोगवस यी दुवै कलाकार पनि समकालीन थिए  एक अर्कालाई चिन्थे 

यहाँ प्रसँग माइकेल एन्जेलोको इतिहासकै सबभन्दा चर्चित मूर्ति बनाउन एन्जेलो कसरी सफल भए ?
उनी मूर्तिबनाउन प्राय एउटै पसलबाट ढुँगा किन्थे  एक दिन उनको आँखा धेरै समयदेखि बिक्री नभएको बाँगोटिँगो एउटा ढुँगामाथि परेछ  उनलाई वषौँदेखि त्यो ढुँगालाई हेर्दै आएको सँम्झना पनि थियो  अरु सबै पुराना ढुँगाहरू सुक्रीबिक्री भैसक्दा पनि त्यो ढँुगा त्यत्तिकै पडी रहेको थियो  उत्सुकता जाग्छ  साहुजीलाई सोध्छन्– साहुजीसबै पुराना ढुँगा बिके तर यसलाई कसैले किनेनन्किन ?
कसले किन्छयसलाई ? बेढंगको जो   तिमीलाई आवश्यक  भने  त्यतिकै दिन्छु  कम्तीमा यसले ओगटेको ठाउँ  मैले पाउँछु– साहुजीले हाँस्दै भने  एन्जोलोले खुशीसाथ त्यो ढुँगा घर भित्र्याउँछन्  दिनरात मिहनेत गरेर जुन मूर्ति त्यसबाट निकाल्छन् त्यही विश्व प्रसिद्ध डेविड हो 
पछि अन्य कलाकारहरूले सोधे– हैन होत्यस्तो बाँगोटिँगोसबभन्दा कुरूप ढुँगाबाट सबभन्दा सुन्दर मूर्ति बनाउन कसरी सफल हुनु भयो ?
उनले हाँस्दैभने– अरूले आफ्नो इच्छा अनुसार मूत्र्ति बनाउँछ  अर्थात् ढुँगामाथि आफ्नो इच्छा लाद्छ   त्यसो गर्दिनँ   आफ्नो इच्छा अनुसार हैनढुँगाअनुसार मूर्ति बनाउँछुअर्थात् बाँगो ढुँगाभित्र लुकेको बाँगै मूर्तिबाहिर ल्याउँछु,, यसरी नै डेविड बनेको हो 
मान्छे  के ढुँगै पनि कस्तो बन्छ भन्ने कुरा आफैँ बोल्छ  अतः जो जस्कोलागि जन्मेको हो त्यही सुन्दर हुन्छकल्याणकारी हुन्छसत्यम् पनि हुन्छ  स्वधर्मेमरणम श्रेय परधर्मोभयावह अर्थात आफ्नो स्वभावलाई पछ्याउनु नै उत्तम  , अरूको देखासिकी गर्नु भयानक हुन्छ   

0 comments:

Post a Comment