१०. हिटलर र संगत
मानव
इतिहासमा सबैभन्दा क्रूर मान्छेको
नाउँ हो– हिटलर
। तर, के
उनी जन्मजातै त्यस्ता
थिए त ? थिएनन्
। कुल मिलाएर
उनको क्रूरता उनकै
संगतको परिणाम भन्न सकिन्छ
।
उनी सन् १८८९
अप्रिल २० मा
अस्स्ट्रियाको एउटा सानो
गाउँ ब्राउनमा जन्मेका
थिए । बाल्यकालमा
उनी एउटा धार्मिक
आश्रममा बसेका थिए ।
संगतको परिणामस्वरूप यिनै बेला
यिनले सन्त बन्ने
सपना बुन्न थालेका
थिए । प्राथमिक
विद्यालयमा पढ्दा उनी अब्बल
दर्जाको विद्यार्थीका रूपमा चिनिन थाले
। धर्मशिक्षा मात्र
होइन उनले गायन
र चित्रकलामा समेत
आफ्नो प्रतिभा देखाएका
थिए ।
उनका बाबुका नाम थियो–
एलोइस जो अत्यन्त
कडा मिजासका थिए
। बेलाबखत उनी
हिटरललाई नराम्ररी गाली गर्नुका
साथै पिट्थे पनि
। यिनै दुव्र्यवहारका
परिणामास्वरूप उनी १३
वर्षकै उमेरमा घर छाडी
भागेका थिए ।
र, उनलाई उनका
बाबुले कहिल्यै भेट्टाउन सकेनन्
। हिटलर १८
वर्षको हुँदा उनले पैतृक
सम्पति हात पारे
। यस सम्पत्तिबाट
उनी चित्रकला पढ्न
चाहन्थे । उनले
एकेडेमिज स्कुल अफ पेन्टिङमा
प्रवेश परीक्षा दिए तर
उनी अनुत्तीर्ण भए
। यस घटनाबाट
उनी तनावग्रस्त हुन
पुगे । त्यसपछि
उनी बरालिन थाले
। रातभरि सडकमा
निस्कनु, फोहोर लुगा लाएर
हिँड्नु, जे पायो
त्यही खानु, जस्तो
पायो त्यस्तैसँग हिँड्नु
उनको दिनचर्या बन्यो
। यसरी उनको
मनमा असन्तोष र
विद्रोहको राँको बल्दै गयो
। उनले हेरेको
रिचर्ड वाग्नरको गिनि ओपेराले
उनलाई साँच्चैको विद्रोही
बनाइदियो ।
यिनैताका पहिलो विश्वयुद्ध भयो
। र, हिटलरले
यसैको फाइदा उठाइ
सेनामा भर्ना भए ।
र, आफ्नो असन्तोषलाई
उत्तेजक भाषणबाट सबैलाई प्रभावित
पार्न सफल भए
। सत्ताको उच्चतम
ओहोदामा पुगेपछि उनले आफ्नो
असन्तोषलाई मूर्त रूप दिन
६० लाख निर्दाेष
यहुदीलाई मार्न भ्याए ।
र, उनी इतिहासकै
क्रूरतम शासक सिद्ध
भए । यदि
उनले वाग्नरको ओपेरा
नहेरेको भए, यदि
उनले सडकछापहरूसित संगत
नगरेको भए उनी
असल धर्मगुरु बन्थे
। त्यस्तै यदि
उनले एकेडेमिज स्कुलमा
भर्ना पाएको भए
उनको संगत सकारात्मकखालका
मान्छेसित हुन्थ्यो । र,
क्रूर हिटलरकोे कहिल्यै
जन्म हुने थिएन
।
१०. हिटलर र संगत