११. शब्द
एकातिर सिकन्दरका पिता फिलिप
आपूmलाई ग्रीक
देवताका सन्तान मान्थे भने
अर्कोतिर उनका आमा
ओलम्पियस प्राचीन ग्रीकेली हिरोहरूका
सन्तति मान्थिन् र त उनीहरू आफू कहिल्यै
पराजित नहुने मानसिकता बोकिहिँड्थे
। सानो सिकन्दरमाथि
परेको गहिरो प्रभाव
यही हो कि
हामी महान्का सन्तान
हौँ र सधैँ
महान् नै रहनेछौँ
। यिनै शब्दशक्तिबाट
जन्म हुन्छ एक
सर्वशक्तिमान व्यक्तित्वको– सिकन्दर महान् ।
मात्र १३ वर्षको
उमेरमा उनले त्यस
युगकै महान्तम गुरु
पाए– एरिस्टोटल ।
उनीबाट सिकन्दरले थुप्रै शक्तिशाली
शब्दहरू पाए जुन
उनको विजययात्राका लागि
खुराक साबित भयो
। एरिस्टोटलको विचारोत्तेजक
शब्द– हामी युद्ध
गर्छौं किनभने हामी शान्तिसित
बस्नै चाहन्छौँ जस्ता
कुराले सिकन्दरमा निकै ऊर्जा
थपेको देखिन्छ ।
यस्ता शब्दबाट उनले
आफ्नो महत्वाकांक्षा पूरा
गर्ने दर्शन नै
पाएको प्रतीत हुन्छ
। त्यस्तै मान्छे
एक राजनीतिक पशु
हो जस्ता एरिस्टोटलको
शब्द उनको शक्तिस्रोत
बनेको प्रस्टै देखिन्छ
।
३३९ बीसीमा शक्तिशाली नगर
राज्य ग्रीक र
मेसेडोनियाबीच घमासान युद्ध भयो
। मेसिडोनियाको तर्फ
नेतृत्व गर्नेमा राजा फिलिपलगायत
उनका छोरा सिकन्दर
पनि थिए ।
यो युद्ध जितिसेपछि
राजा फिलिपले सिकन्दरलाई
औंल्याउँदै जनतालाई सगर्व उद्घोष
गरेका थिए– तिमीहरूका
भविष्यका बहादुर शासक यहाँ
छ– यी शब्दहरूले
सिकन्दरमाथि थप ऊर्जा
प्रदान गर्नु स्वाभाविकै थियो
। यसपछि उनको
आत्मविश्वास झनै चुलियो
।
आखिर उनी अपार
विश्वासकासाथ विश्व विजययात्रामा निस्किहाले
। गोडियम भन्ने
ठाउँमा गोर्जियन्ट (गाँठो) फुकाउनुपर्ने
थियो । किम्बदन्तीअनुसार
त्यो गोर्डियनको गाँठो
राजा गोडियसले बनाएका
थिए र यसलाई
एकै प्रहारमा खोल्न
सक्ने नै एसियाको
अधिपति हुने कुरा
त्यसमा जोडिएको थियो ।
अब सिकन्दरको मनमा
प¥यो कि
यदि मैले यसलाई
खोल्न सकेँ भने
निश्चय पनि म
सम्राट बन्छु, बन्छु ।
अर्को शक्तिशाली शब्द
! नभन्दै उक्त गाँठो
सिकन्दरद्वारा काटियो । सम्राट
बनाउने अन्तिम शक्तिशाली शब्द
उनले यहीँबाट पाए
।
३२३ बीसीमा उनी बेबिलोन
फर्कंदै थिए ।
एक जोतिषीले डुब्दै
गरेको घाम हेरेर
नगर प्रवेश गरे
अनिष्ट हुन्छ भनेका थिए
। यो उनको
जीवनका अन्तिम शक्तिशाली शब्द
थियो । तर,
उनले कारणवश ज्योतिषीका
शब्द मान्न सकेनन्
। त्यसको लगत्तै
उनी औलो ज्वरोको
मारमा परी मरे
अर्थात् ज्योतिषीको शब्दअनुसार उनको
अनिष्ट भयो ।
मर्नअघि उनलाई सोधियो– तपार्इं
आफ्नो साम्राज्य कसलाई
सुम्पेर जानु चाहनुहुन्छ
? उनको अन्तिम शब्द थियो–
सबैभन्दा शक्तिशाली व्यक्तिलाई ।
र, सबैभन्दा शक्तिशाली
त्यही व्यक्ति हुन्छ
जोसित शक्तिशाली सकारात्मक
शब्द हुन्छ ।
Gordian knot katnu bhaneko aja hamile nepal ma pani lagugarnu parekochaa. Hamile ek mahina samaya patroma sudhar garne nirnaya garnu pani Gordian knot katnu jastai ho.
ReplyDeleteYas bisayama guruji ko ke raye chaa?