९. मुक्त पुरुष
भन्नै पर्दैन सोक्रेटिस आफ्नो
समयका महानतम दार्शनिक
थिए । तर
त्यसवेलाको कानुन कायदा अनुसार
आफ्नो देशको रक्षा
गर्न उनले युद्धमा
समेत भागलिनु प¥यो ।
एउटा हैन कैयन्
युद्धमा । एउटा
युद्धमा उनी आल्सी
बिआदेजको नेतृत्वमा गएका थिए
। युद्धकालमा बारम्बार
सैनिकहरुले भोजन समेत
पाउदैन थिए ।
यस्तो अवस्थामा सबै
योद्धा दुखी हुनुदेखि
विक्षिप्तसमेत हुन्थे । आल्सी
बिआदेजका अनुसार यस्तो बेला
पनि हास्न सक्ने
एउटै योद्धा थिए
– सोक्रेटिस ।
यस प्रशंगमा मुक्त पुरुषका
दुई लक्षण समाविष्ट
छन् – एक पवित्र
कार्य मात्र हैन
आवश्यक परे पापकार्य
(युद्धमा अरुको हत्या गर्नुजस्ता)
समेत सहजै गर्न
सक्नु र परिस्थिती
जतिसुकै प्रतिकुल भएपनि मनस्थितीलाई
अनुकुल पार्न सक्न,ु
जस्तै युद्धको मैदानमा
भोकमरी हुदा पनि
हास्न सक्नु ।
माथिको तर्कलाई बल पु¥याउन अर्काे
एउटा युद्धको प्रशंग,
दिलियमको युद्धपछि एथेन्सका सेना
हारेर भागाभाग गर्दै
थिए । सवका
सव हस्याङ फस्याङ
गरी भागिरहेको परिस्थितीमा
पनि एकजना योद्धा
भने केही नभए
जस्तो मन्द गतिमा
आनन्दपूर्वक हिडिरहेका थिए ।
त्यो सेना अरुको
को हुनु्, सोक्रेटिस
सिवाए । यो
मुक्तात्मा हुनुको अर्काे उदाहरण
उनले पेश गरेका
थिए ।
उनी समान्यतया जाड, रक्सी
खाँदैनथे । तर
यो उनको नियम
भने थिएन ।
(मुक्तामाको के को
नियम ? नियममै बाँच्नु परे
के को मुक्तात्मा
?) त्यस्तै प¥यो
भने उनी सबभन्दा
बढी रक्सी खान्थे
। तर रक्सीको
मात भने कति
पनि लाग्दैनथ्यो ।
मुक्तिदशाको अर्काे उदाहरण हो
यो । (नलाग्ने
गरी खानसके तपाई
पनि मुक्तात्मा, हा
हा हा )
भन्न परोइन– उनलाई हेमलक
नामक विष पिलाएर
मारेको थियो ।
विषपान गरिसकेपछि उनले आफ्नो
अन्तिम शब्द बोले
‘एक्स्केपियस देवतालाई एउटा कुखुरा
चढाइदिनू’ । यति
भन्दै उनी मरे
। एथेन्सवासीहरु कुनै
रोगबाट मुक्ति पाएमा एक्स्केपियस
नामक देवतालाई कुखुरा
चढाउथे । उनले
आफ्नो मृत्युलाई जीवनरुपी
रोगबाट मुक्त भएको आशय
प्रकट गरे ।
र त शान्तिपूर्वक
मर्न सके ।
यसरी खुशी भएर
मर्न सक्नु पनि
मुक्तात्माको अन्तिम पहिचान हो
।
मुक्त पुरुष सम्बन्धी लेख राम्रो लग्यो.........
ReplyDeleteमुक्त पुरुष भनेको मनोबैज्ञानिक चेत मात्र त हैन ? मलाई अध्यात्मले गरेका धेरै कुरा धेरै हद सम्म मनोबैज्ञानिक रुपमा स्वस्थ र सिद्ध लाग्छन ....अलि विस्तारमा उत्तर पाऊ .......
good
ReplyDelete