५. महानताका सूत्र
चिनीयाँ समाजमा लाओत्सु र
बुद्धले भन्दा बढी प्रभाव
छोड्न सफल मान्छे
हुन्– कन्फुसियस ।
उनी यति महान्
कसरी भए त
? भन्ने जिज्ञासा सहजै जाग्दो
हो । मोटामोटी
रूपमा कोट्याउँदा ३
कुरा भेटिन्छन् ।
१) उनका बुबा
७० वर्ष भएपछि
तरूणी श्रीमतिबाट उनी
जन्मेका थिए ।
२) उनी हरदम
अध्ययन–अनुसन्धानमा व्यस्त रहन्थे
।
३) उनी संगीतमा
डुेबर तनाव मुक्त
हुन्थे ।
पछिल्लो समयमा महान् व्यक्तित्वको
बारेमा वैज्ञानिकहरूले के पत्ता
लगाउन भ्याए भने–
सबै जसो महापुरूषहरू
बाबु ४० वर्ष
कटेपछि र आमा
२५ वर्ष कटेपछि
जन्मेका हुन् ।
भन्नु पर्दैन, बाबाआमा जति
प्रौढ हुँदै जान्छन्,
त्यति नै उनीहरुका
अनुभव र ज्ञान
पनि बढ्दै जान्छ
। र, यी
अनुभवजन्य ज्ञानहरू उनीहरूको जिन्सद्वारा
छोराछोरीमा सारिन्छन् । त्यसैले
देख्नमा के आउँछ
भने– जेठा, माइलाभन्दा
कान्छाकान्छी बढी चलाख
हुन्छन् । अतः
प्रौढ आमाबाबाबाट जन्मेका
कन्फुसियसले पनि जन्मजात
ज्ञानगुण बाकेर आए भन्न
करै लाग्छ ।
र, यस कुराबाट
हाम्रो पुस्ताले प्रेरणा लिएर
प्रयोगमा उतार्न सक्छ ।
प्रसंग बदलौँ, वैज्ञानिकहरू झण्डै
२ सय वर्षदेखि
अत्यन्त सफल हुने
मान्छेको विशेषताबारे खोजी गर्दै
आइरहेका देखिन्छन् । सफल
हुने सबै मान्छेको
एउटा विशेषता निर्विवाद
रूपमा आएको देखिन्छ
। त्यो हो–
अध्ययनशीलता । उनीहरू
सानै उमेरदेखि आफ्नो
विषयवस्तुमा केन्द्रीत रही जिन्दगीभर
अध्ययन र अुनसन्धान
चालू राख्छन् ।
यहाँनेर विश्वविख्यात चिनीयाँ भनाइ सार्थक
हुन आउँछ– कोक्रोदेखि
कात्रोसम्म पुग्दा पनि ज्ञानको
खोजी जारी राख
। यो भनाइको
मूर्त रूप हुन्–कन्फुसियस । पछिल्लो
समयमा अन्वेषकहरूले ठोकेरै
भनेका छन्– रीडर्स
आर लीडर्स अर्थात्
पढुवा नै अगुवा
हुन् । भन्न
पर्दैन, कन्फुसियस चिनीयाँ समाजका
कालजयी अगुवा बनेका छन्
।
कन्फुसियसलाई
यत्रो उचाइ प्रदान
गर्ने अर्काे खम्बा
हो, उनको संगीत–प्रेम । आफ्नै
आमाको उत्प्रेरणाबाट उनी
संगीत क्षेत्रमा आएका
हुन्् । जब–जब दिमाग
विचार र कर्मको
बोझबाट थाक्छ, मान्छे त्यसबाट
भाग्न जाँडरक्सीदेखि नकारात्मक
कुराको साहारा लिन्छ र
त ऊ पतन
हुन्छ । तर,
कन्फुसियसले यस दुष्प्रभावबाट
बच्न संगीतको सहारा
लिए । जुन
एक किसिमको ध्यान–साधन नै
हो । उनले
भन्न भ्याएका छन्
कि, संगीतमा डुब्नुबाट
यस्तो आनन्द जन्मिन्छ,
जुन अरू कुनै
सांसारिक कुराबाट सम्भवै छैन
।
५. महानताका सूत्र