Thursday, October 30, 2014

. दुवै हात बरोबर चल्नेहरु 
यस्तो पनि सुनिन्छ कि नेपोलियन बोनापार्ट दुवै हातले एक साथ लेख्न सक्थे यहाँसम्मन् कि एउटा पत्र प्रेमिकालाई  अर्को आमालाई  यो भनाइ सतप्रतिशत सहीहोस् नहोस् उनी सर्वशक्तिमान बन्नुको पछाडी कुनै रहस्यमही कारणहरू अवश्यछन्  किनभने फ्रान्सको एउटा सानो द्व्रीप कोर्सिकामा जन्मेका यिनी गाँउले बालकले संसार जो हल्लाउन सफल भएका थिए  ती कारण मध्ये एउटा हो दुवै हातले एक साथ लेख्नसक्नुकतिपय विज्ञानहरूको ठम्याइ यही हो 
यसकुरालाई पुष्ट्याइँ दिन मस्तिष्क विज्ञानमाथि गौर गरौं  हाम्रो मस्तिष्क दुई गोलार्धमा विभाजित छन् दायाँ  बाँया  दायाँकोे काम भावनाकल्पनासपना  अन्तर्बोध हो भने बाँया– विचारतर्कगणित आदि  अर्को शब्दमा भन्नुपर्दा दायाँ मस्तिष्कमा अपार शक्ति हुन्छ तर तर्कबुद्धि हुँदैन त्यसकारण यो शक्तिशाली भएर पनि अधुरो   त्यस्तै बाँया मस्तिष्कमा शुद्धिबुद्धि भएर पनि शक्ति हुँदैन अतः यो कमजोर   दायाँ हात चलाउँदा बाँया मस्तिष्क प्रायः चल्छ भने बाँया हात चलाउँदा दायाँ मस्तिष्क चल्छ  त्यस्तै दायाँ मस्तिष्कले कलाको प्रतिनिधि गर्छ भने बाँयाले विज्ञानको  अतः यी दुवै मस्तिष्क एक साथ चलेमा अपार शक्ति एवं बुद्धिको जन्म हुने देखिन्छ  त्यसैले कन्फुसियसजस्ता शब्दप्रधान दार्शनिकले पनि नियमित संगीतसाधना गरी आफ्ना दुवै मस्तिष्क चलाउन भ्याएको देखिन्छ भने आइन्स्टाइन जस्ता गणितज्ञले पनि भ्वाईलिन  कल्पनाको सहारालिई आफ्नो दुवै मस्तिष्क चलाउँदै आएको प्रष्टिन्छ  त्यसैले दुवै मस्तिष्क एक साथ चलाउन दुवै हातले बरोबर काम गर्न सक्ने क्षमताको विकास गरे पुग्ने देखिन्छ  
यसै प्रसंगमा इतिहासका सबभन्दा बहुमुखि प्रतिभावान् दुई व्यक्ति साक्षी राख्न सकिन्छएक हो लिओ नार्दो दा भिन्ची  माइकेल एन्जेलो  दा भिन्ची चित्रकारदेखि मूर्तिकारकविवैज्ञानिकइन्जिनियर आदि थिए  त्यस्तै उनले संसारकै सबभन्दा प्रसिद्ध चित्र मोनालिसा बनाएका थिए भने माइकेल एन्जेलोले संसारकै सबभन्दा प्रसिद्ध मूर्ति डेभिड बनाउन भ्याएका थिए  उनी मूतिकारचित्रकार आर्किहेक्ट तथा कविसमेत थिए  यसलाई विज्ञान भनुँ वा संयोग दुवै हातले लेख्न सक्ने क्षमताभएका व्यक्तिहरू,  जसलाई अंग्रेजीमा एम्बी डेक्सट्रस भनिन्छ  अतः कलाकारले आफ्नो जीवनमा विज्ञान  वैज्ञानिकले कला जोडेर अत्यन्त महानता हासिल गर्न सक्ने देखियो अर्थात् भाव प्रधान मान्छ्ले आफ्नो जीवनमा बौद्धिक अभ्यास गरेर  बुद्धिप्रधान मान्छेले आफ्नो जीवनमा भावलाई स्थान दिएर अथवा दुवै हात उत्तिकै चलाउनाले पनि महान प्रतिभा जन्मिने देखियो । Please click here to like us on Facebook and get more update

0 comments:

Post a Comment