Wednesday, August 5, 2015

३०प्रयासले चमत्कार गर्छ
१८८३ मा थोमस एल्वा एडिसनले चीमको आविष्कार गरेर देखाइदिए  वैज्ञानिक समुदायबाटै यसलाई विश्वको आठौँ आश्चर्य भनेर सम्बोधन गरियो  किनभने सामान्यतया कुनै पनि कुरो बल्नलाई अक्सिजन नभई हुँदैनअथवा अक्सिजन नभए कुनै पनि कुरोको बल्ने सम्भावना समाप्त हुन्छ  ,  चीमभित्र अक्सिजन भरिएको भए यो तापको कारण फुट्थ्योनभरिएको भए बल्ने सम्भावना प्रायः समाप्त हुन्थ्यो  एडिसनले अन्नतः बिना अक्सिजन पनि बल्न सक्ने प्रकृतिको गुह्य रहस्य पत्ता लगाई छाडे  त्यसैले यसलाई आठौँ आश्चर्य मानिएको हो  तर यिनै कुरा पत्तालगाउनलाई भने उनले आकाशपात्ताल एक गर्नु परेको थियो  अर्थात् यस प्रयासमा उनले ९९९ वटा असफल प्रयोगबाट गुजर्नु ¥यो  अन्नतः चीम बल्ने अर्को प्रकृतिको नियम हात लाग्यो  यहाँनेर नेपोलियन बोनापार्टको अन्तर्दृष्टि सही हुन आयो कि –असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र हुन्छ  अर्थात् प्रकृतिले असम्भव भन्ने कुरा जन्माउँदैनत्यो  मान्छेले जन्माउने कुरो हो  अर्को  शब्दमा भन्नुपर्दा असम्भवको अर्थ होमान्छेको प्रयास नपुग्नु  उनले मनग्य प्रयास गरे  असम्भव देखिने कुरा सम्भव भयो 
अझै चित्त बुझेको छैन भने अर्को उदाहरणमाथि गौर गरौँ 
एक जना अमेरिकी व्यापारीको सानो रेष्टुरेन्ट हाइवेको किनारमा थियो  हाइवे फराकिलो पारिने क्रममा उनले आप्mनो दुकान गुमाउनु ¥यो  उनको अफ््नो उमेर पनि ५० कटिसकेको कारण अर्को खाजाघर खोल्ने विचार आएन बरु आप्mनो कुखुराको मासु पकाउने विशिष्ट रेसिपीलाई अरू रेष्टुरेन्टमा बेची त्यसैको रोयल्टीबाट गुजारा गर्ने उनले विचार गरे  तर उनको रेसिपी किन्न भने कोही तयार भएनन्  उनले एक हैनदुई हैनसयौँ रेष्टुरेन्टमा प्रस्ताव राख्दापनि कसैले किन्न तयार भइरहेको थिएन  उनको अन्तरकुन्तरमा भने आप्mनो प्रयासले काम गर्छगर्छ भन्ने लागि रहेको थियो  अन्नतः ९९९ वटा प्रयासपछि एडिसन जस्तै उनीपनि आप्mनो उदेश्य प्राप्त गर्न सफल भए  कालान्तरमा उनको रेसिपी यति लोक प्रिय भयो कि शहरबजार मात्रराज्य देश मात्र हैन पूरै विश्व प्रभावित भयोकल्पना गर्न सक्नु हुन्छ ? उनी हुन् हार्लोन स्यान्डर्स जसले केएफसी चेन रेष्टुरेन्ट दुनियालाई दिन सफल भए  यदि उनको प्रयास नपुगेको भएउनी एक असफल मान्छेको रूपमा रहन्थे  हामी मध्ये कयन् मान्छे यही प्रयासकै अभावमा असफल भएका हौँ  अन्तिम उदाहरण – हेनरी फोर्डले ठूलो गाडीको परिकल्पना आफ्ना इन्जिनियरहरूको टीम अगाडि प्रस्तुत गर्दा सबै गलल्ल हाँसेका थिए – सर यस्तो व्यावसायिक गाडी बन्नै सक्दैन  फोर्डले भने – तिमीहरू प्रयास गर  पैसा खन्याउँछु 
उनीहरूका प्रयास एकपछि अर्को गर्दै  पटक सम्मन विफल भयो  फोर्डले तै पनि हार मानेनन् किनभने संसारमा केही पनि असंभव कुरा छैन भन्ने कुरा उनले एडिसनबाट सिकिसकेका थिए  त्यसैले जति लगानी गर्न परे पनि उनले हार मानेन् अन्ततः पाँचौं पटकको प्रयासमा तिनै असफल भैसकेका इन्जिनियरहरूले ठूलो गाडीको इन्जिन भीआठ बनाएरै छाडे 

जादाँजादैँ,
लहराें से डरकर नौकाएँ पार नहीं होती 
कोसिस करने वालाें की हार नहीं होती ।।

0 comments:

Post a Comment