१. प्रश्नको तागत
स्टाण्डफोर्ड विश्व–विद्यालयले गरेको
एउटा अनुसन्धानको नतीजाअनुसार
कुरा गर्ने हो
भने सामान्यमान्छेले आफनो
मस्तिष्कको २ प्रतिशतमात्र
प्रयोगमा ल्याइरहेका छन् र
त उनीहरू सामान्य
बनेका हुन् ।
यस्तै एउटा रिपोर्टअनुसार
आइन्स्टाइनको मस्तिष्क भने १२–१३ प्रतिशत
प्रयोगमा आएका हुन्
त्यसैले सामान्यमान्छे भन्दाभिन्न भई उनी
युग–पुरुष बन्न
सफल भएका अरे
।
प्रस्टै देखिने कुरा –मस्तिष्कका
दुई गोलार्ध छन्
तर यी दुवै
गोलार्धको कार्य–प्रणाली र
क्षमता भिन्ना भिन्नै भएको
कुरा भने नोबल
पुरुष्कार विजेता अमेरिकी न्यूरोलोजिष्ट
डा. रोजर स्पेरीले
पत्तालगाएका हुन् ।
उनैले पत्तालगाएअनुसार दाँया
मस्तिष्क कला–प्रधान
हुन्छ भने बायाँ
तर्क–प्रधान ।
अर्को शब्दमा भनुपर्दा
दायाँ मस्तिष्क भाव
प्रधान हुन्छ भने बाँया
विचार–प्रधान ।
र, हाम्रो नियन्त्रण
दायाँ मस्तिष्कमाथि विरलै
भएको पाइन्छ ।
जहाँसम्म विचारको कुरा छ
अर्थात् बाँया मस्तिष्कको कुरा
छ त्यसमा पनि
हाम्रो पकड
दुई प्रतिशत भएको
माथिनै उल्लेख भइसकेको छ
। र, विचार–प्रधान मस्तिष्कमाथि नियन्त्रण
नभइकन भाव–प्रधान
मस्तिष्क (जुन ९०
प्रतिशत शक्ति ओगटेर बसेको
छ ) माथि नियन्त्रण
संभव देखिंदैन ।
दायाँ–बाँया दुवै
मस्तिष्कमाथि नियन्त्रण नभईकन महा
पुरुषको जन्म पनि
भएको पाईदैन अतः
बाँया मस्तिष्कमाथि पूर्ण
नियन्त्रण गर्ने बाटो के
होला त ? किनकि
यस प्रश्नको जवाफसितै
महा पुरुष बन्ने
बाटो जो खुल्ले
देखिन्छ ।
पछिल्लो समयमा विभिन्न देशका
वैज्ञानिकहरूले निर्विवादरूपमा एउटा के
कुरा ठम्याउन भ्याएका
छन् भने सबै
जसो जिनियसमान्छेहरू सानैदेखि
हरेक कुरामाथि प्रश्न
गर्थे र गर्छन्
। यही बारम्बार
प्रश्न गर्ने, कुराको चित्तबुझ्दो
जवाफ नपाएसम्म प्रश्न
जारीराख्नाले बाँया मस्तिष्कको पूर्ण
विकास भएको देखियो
। अर्को शब्दमा
भनुपर्दा कुनै पनि
उत्तरबाट तबसम्म चित्त नबुझाउनु
जबसम्म तथ्य पत्ता
लाग्दैन ।
इतिहास साक्षी छ यूरोपमा
पध्रौं–सोह्रो शताब्दीलाई पुनर्जागरण
काल भनिन्छ ।
यहीबाट विज्ञान, कला साहित्य
सबै विद्याले फड्को
मारेका हुन् ।
यसको श्रेय जान्छ
प्रश्न–प्रत्तिप्रश्न जारी राख्दै
खोज अनुसन्धान गर्ने ताकतलाई
। प्रसंगवश इतिहासकै
सबभन्दा बहुमुखी प्रतिभावान् मानिएका
लिओ नार्डो दा
भिन्चिकै कुरा कोट्याऔँ
। त्यत्रो अभूतपूर्ण
प्रतिभा उनमा कहाँबाट
पलायो ? त्यही प्रश्न जारी
राख्ने ताकत ।
उनी अध्यापकहरुसित यसरी
प्रश्नमाथि प्रश्न सोध्थे–कि
टिचरहरु नाजवाफ हुन्थे ।
पछि दा भिन्चिले आपूmभित्रको महानप्रत्तिभा विस्फोट गराउने सात अत्यन्त महत्वपूर्णसूत्रहरू छोडेर गए जुन हाउ टू थिंक लाइक लिओ नार्डो दा भिन्चि भन्ने पुस्तकमा समाहित छन् । ती सफलताका सात स्वर्णीम सूत्रमा पनि सबभन्दा महत्वपूर्ण हो – प्रश्न गर्ने बानीको विकास ।
१. प्रश्नको तागत