Friday, August 7, 2015

३२. निरन्तर प्रयास

हाल संसारमा सबभन्दा चलेका पुस्तक मध्ये एउटाको नाम होचिकन सूप फर  सउल  यो चलेको पुस्तक मात्र हैनयसले क्लासिक कृतिको दर्जासमेत पाएको   यसका लेखक द्वय हुन्– ज्याक क्यान फिल्ड  मार्क हेन्सन  यसरी विश्वकै सबभन्दा चल्ने पुस्तक लेख्ने सपना प्रायः लेखकले देख्ने गर्छन्तर सफल भने कोहीकोही मात्र हुन्छन्  यस्ता सफलताका  ज्ञातअज्ञात थुप्रै कारण होलान्  एउटा प्रष्ट एवं प्रसिद्ध कारण हो– प्रयासप्रयास  प्रयास 
यस पुस्तकका लेखक द्वयले आप्mनो पाण्डुलिपि तयार गर्न अगाडिदेखि किताब ननिस्केसम्म मरिमेटेर  प्रयास गरेका थिए  स्मरण रहोस् शब्द– मरिमेटेर  उनीहरूले पुस्तक लेख्नअघि नै दिनौंमहिनौं देशका कुनाकाप्चाका पुस्तक पसल  प्रकाशकसित भेटेर कस्तो पुस्तकलेख्दा बढी भन्दा बढी बिकिन्छ भन्ने कुराको अनुसन्धान गरेका थिए  उनीहरूको अपार सफलताको पहिलो कारण नै पूर्व तयारी भन्दा अतिशयोक्ति नहोला  लामो समयको खोज अनुसन्धानपछि लेखक द्वयले तयार पारेचिकन सूप फर  सउल  त्यसपछि प्रकाशककोमा बुझाए  केही समयपछि किताबका नाना कमजोरी कोट्याई लेखकहरूलाई नै फर्काइयो  यस असफलतालाई लेखक द्वयले आप्mनो हार ठानेनन्बरु पुस्तकलाई परिमार्जन गर्ने अवसरको रूपमा परिभाषित गरे  त्यसपछि सुधारको श्रृंखला नै शुरू भयो  उनीहरू एकपछि अर्को प्रकाशकलाई पुस्तक दिदैँ फेरी फर्काएर लिदै अनि थप सुधार गर्दै रहे  उनीहरूले दुईचार हैनदर्जनौं रिजेक्ट हाँसीहाँसी झेले  किनभने उनीहरू सकारात्मक सोचको महत्व बुभ्mनेबुझाउने मान्छे मध्येकै थिए  अतः किताब जति रिजेक्ट भयो त्यति परिर्माजित हुने भयो  यस कोणबाट हेर्दै आप्mनो अथक प्रयास जारी राखे  चौँतिस पल्टसम्मन् पनि पुस्तक नछापिए पछि पैंतीसौंमा पल्टमा छापियो  त्यसपछि यी लेखक द्वय  रातारात दामी एवं नामी बन्न सफल भए 
स्मरण रहोस्विश्वकै सार्वकालीकसर्वाधिक लोकप्रिय नेता मध्येको हुन्  अव्राहम लिंकन  इतिहासकै राजनैतिक शिखर पुरुष बन्न सफल यी नेता आप्mनो प्रयासमा दसौँ पटक असफल भएका थिए  यहाँ सम्मन् कि उपराष्ट्रपतिको चुनावमा समेत यिनले हार बेहोरेका थिए  जतिपटक असफल भयो त्यतित्यति नै उनी फेमस बन्दैगएको हेक्का यिनलाई थियो    हारमा पनि यिनी खुसी हुन्थे  यिनै अनेक असफलताका कारण अन्तमा उनी राष्ट्रपति हुन सफल भए  यो पनि निरन्तर प्रयास कै परिणाम  हो

0 comments:

Post a Comment