१४. धन
यदि मानव शरीरलाई गाडी मान्ने हो भने विचारलाई यसको ड्राइभर मान्नु पर्दछ । गाडी जहाँ पनि पुग्न सक्छ तर आफैँ पुग्दैन, कथम्कदाचित पुग्न खोज्यो भने दुर्घटना निश्चित प्रायः हुन्छ । अतः त्यस्तो अवस्थामा चालकविना वा गलत चालक नै कार बर्बाद हुनुको कारण बन्छ ।कार जति टाढा पनि पुग्न सक्छ, कति पनि टाढा नपुग्न सक्छ वा बीच बाटामंै पनि थन्किन सक्छ । यी सबै सम्भावना ड्राइभरमा निर्भर पर्छ । यस लाक्षणिक कुरोलाई प्रकारान्तरमा भन्न पर्दा तपार्इंले जति धन पनि कमाउन सक्नुहुन्छ वा कति पनि धन नकमाई मर्न सक्नुहुन्छ, वा खान, लाउनमात्र पुग्ने धन कमाइ सिद्धिन पनि सक्नुहुन्छ । यी सबै कुरा तपाईको पैसाप्रतिको विचारमा निर्भर गर्छ । किनभने अरब–खरबपतिहरूसित जस्तो शरीर छ त्यस्तै शरीर तपार्इंसँग पनि छ र उनीहरूको जस्तै लगभग तीन पाउन्डको दिमाग पनि तपाईंसँग नभएको हैन । हो उनीहरूको जस्तो विचार भने तपाईको छैन । अर्थात् तपार्इंको विचार कारणले अरबपति हुनसम्मको यात्रा गराएन किनभने तपाईंको विचाररूपी ड्राइभर अयोग्य छ । अतः कार आफ्नै हा,े ड्राइभर बदल्नु के ठूलो कुरो भयो ? बदल्नुस् ड्राइभर अर्थात् विचार बदल्नुस् , तपार्इं पनि करोडपति, अबरपति, खरबपति आदि बन्नुको हकदार हुनुहुन्छ ।
तपाईंले आजसम्म खासै पैसा नकमाउनुको कारण के–के होलान् त ? गरिबी ? अपर्याप्त शिक्षा ? खुबीको कमी ? आँटको अभाव ? अनुभवहीनता ? याद राख्नुस्, अनुसन्धानले यी कुनै पनि कारणलाई सही ठह¥याएको छैन । वैज्ञानिक तथ्य के हो भने पैसाप्रतिको नकारात्मक भावना–‘धेरै पैसा कमाएर के गर्नु’, ‘एक दिन मर्नुपर्छ’, ‘पैसावालहरू कन्जुस हुन्छन्’, शोषण नगरी पैसा कमाइँदैन, ‘पैसा भयो भने खतरा बढ्छ’,‘पैसाले सुख किन्न पाइँदैन’ आदि–इत्यादि ।
अतः धनप्रतिको यस्ता नकारात्मक विचारलाई एक–एक गरी टिप्नुस् र यसका विपरीत सकारात्मक कुराहरू लैख्दै जानुस् । जस्तै, धन आफ्नो लागि मात्र हैन अरूको सेवा गर्न अनाथाश्रम, वृद्धाश्रम, स्कुल–कलेज आदिका लागि काम लाग्छ । त्यस्तै कमाउने क्रममा दिमागको विकास पनि सँगसँगै हुँदै जान्छ आदि ।
धनप्रतिको नकारात्मक कुरा फेर्नासाथ सकारात्मक कुराले तपाईंमा शक्ति, साहसको विकास गर्छ जुन धन कमाउने पहिलो द्वार हुन्छ ।
१४. धन