Friday, December 5, 2014

२३. शान्तिको स्रोत सकारात्मक विचार

                संसारमा सबै मान्छे शान्ति चाहन्छन्, सुख चाहन्छन् तर साह्रै थोरैले मात्र सुखशान्तिको अनुभूति गर्न पाउँछन् शान्ति गाह्रो भएको कारणले होइन, सुख दुर्लभ भएको कारणले पनि होइन शान्ति सुखको प्रक्रियालाई नबुझेको कारण मान्छे अशान्त हुन्छ किनभने मान्छेले संसार चिन्न÷बुझ्न खोजे तापनि आफूलाई चिन्न÷बुझ्न खोज्दैन शान्तिको सम्पूर्ण स्रोत स्वयं हो भन्ने कुरो उसलाई थाहा भएको देखिँदैन त्यसकारण बाहिरै भड्किरहन्छ
                यहाँनिर एउटा प्रश्न उठाऊँके संसारमा साँच्चिकै कुनै शान्त जाति होला ? त्यो जाति जसले युद्ध, हिंसा गरेकै छैन, जो मानसिक हिंसादेखि लिएर शारीरिक हिंसामा विश्वासै गर्दैन त्यसलाई जीवनले प्रमाणित गर्न सकेका होस् वैज्ञानिकहरूले धेरै पहिलादेखि नै मानवजातिका त्यस्ता समूह छन् कि भन्ने खोज जारी राख्दैआएका छन्  , त्यसमध्ये यहाँ वैज्ञानिक किल्टन स्टेवार्डको खोजलाई अगाडि सार्दैछु सन् १९३५ तिर स्टेवार्डले मलायाको जङ्गलभित्र पसेर त्यहाँका जनजातिहरू (जङ्गली जातिहरू) एकपछि अर्को अध्ययन गर्दै गए यसै क्रममा उनले एउटा अद्भुत जाति भेट्टाएत्यो हो सिनोइ
                सिनोइ जातिका बारेमा अनुसन्धान गर्दा तीनसय वर्षको इतिहासमा त्यस जातिमा कुनै हिंसात्मक वारदात भएकै पाइएन यस्तो मानवजाति, जो आर्थिक रूपमा विलकुल विपन्न , अशिक्षित , असभ्य मानिन्छ तर तीनसय वर्षको इतिहासमा कुनै अन्य मानव जातिसँग उनीहरूको युद्ध भएको पाइयो, एकआपसमा नै मारकाट भएको कुनै घटना भेटियो बिनाहिंसा तीन सय वर्षको गौरवमय इतिहासलाई जोगाउन सक्नुभन्दा ठूलो उपलब्धि अरू के हुनसक्ला ? यसभन्दा ठूलो शिक्षा आधुनिक मान्छेलाई अरू के हुनसक्ला ? हामी शिक्षित छौं तर शान्त छैनौं हामी बुद्धिमान् छौं तर ज्ञानी छैनौं सिनोइ जातिमा हामीमा जस्तो बाह्य प्रगति नभए तापनि हामीमा नभएको आन्तरिक सुख, शान्ति, प्रेम समझदारी प्रशस्त मात्रामा भेटियो एउटा अद्भुत शान्त मानवजातिको रूपमा उनीहरू आफूलाई प्रस्तुत गर्न सफल छन् त्यसकारण शान्ति ! शान्ति !! भन्दै चिच्याउने मानिसहरूले सिनोइ जातिबाट सिक्नैपर्छ, उनीहरूलाई बुझ्नैपर्छ सिनोइहरू यति शान्त रहनुमा उनीहरूको सबभन्दा ठूलो गुण भनेको सकारात्मक सोच हो याद राख्नुहोस् यस कुरालाईबाहिरको हिंसा भनेको मान्छेको मनभित्रको हिंसाको प्रक्षेपण मात्र हो जब हाम्रो मनमा अशान्त, पीडा, कोलाहल जन्मिन्छ त्यही हिंसाको रूपमा,द्वन्द्वको रूपमा समाजमा प्रतिविम्बित हुनथाल्छ त्यसकारण बाहिरको हिंसा समाप्त पार्नलाई मान्छेमान्छेभित्रको हिंसा समाप्त गर्नुपर्छ सङ्गठनात्मक रूपमा हिंसाको अन्त्य गर्न खोज्नु दिवास्वप्न मात्र हो किनभने मानिसहरू बाहिरको सङ्गठनात्मक रूपमा हिंसालाई समाप्त पार्ने नाममा अर्को हिंसा बेहोर्छन् हामी त्यही देखिरहेका छौं त्यसकारण हिंसाले हिंसालाई छेक्न सक्दैन बरु हिंसाले हिंसालाई बढाउन सक्छ, त्यही भइरहेको जसरी आगोले आगोलाई निभाउन सक्दैन, रगतको दागलाई रगतले घोएर समाप्त पार्न सक्दैन त्यस्तै हिंसा, आतङ्क, अव्यवस्था, विप्लव यावत् कुरा मान्छेको हृदयबाट जबसम्म हट्दैनन्, हटाउने प्रयास गरिँदैन, तबसम्म हिंसा, आतङ्क, उपलपुथल जारी रहन्छ
                सिनोइहरूको कुरा शिक्षाप्रद किनभने सिनोइहरू हिंसा नगर्ने शान्त मानव जातिको रूपमा प्रस्तुत हुनुको कारण उनीहरूको मन विलकुल शान्त, स्वच्छ भएको पाइयो कसरी हुन्छ मन
शान्त ? सिनोइहरूले शदीयौंदेखि एउटा अद्भुत उपाय अपनाउँदै आएको देखियो बिहान आँखा खोल्नासाथ उनीहरूको काम छोराछोरी नातिनातिनीहरूका सपना सुन्नु सिनोइहरूको सपनासम्बन्धी समझ हामी सुसभ्य भनाउँदा मानिसहरूको भन्दा धेरै गुणा फलदायी देखिन्छ, अर्थपूर्ण देखिन्छ उनीहरू सकारात्मक नकारात्मक दुवै सपनाको व्याख्या गर्छन्  सकारात्मक सपना सबैलाई मीठो लाग्छ, निको लाग्छ त्यसले मानिसलाई खुसी बनाउँछ, मुड राम्रो बनाउँछ मार्ने नकारात्मक सपनाले हो सपनाको व्याख्या गनु उनिहरू दैनिक काम हो, किनभने सपना हरेक दिन देखिन्छ नकारात्मक सपनामा उनीहरू विशेष ध्यान दिन्छन् सबभन्दा ठूलो उनीहरूको विशेषता होनकारात्मक सपनाको सकारात्मक व्याख्या खोज्नु यस कुरालाई याद राख्नुहोस् हामीलाई के लाग्छ भने नकारात्मक सपना नकारात्मक सपना नै होयसको असर नकारात्मक नै हुनुपर्छ, तर सिनोइहरूले नकारात्मक सपनामाथि सकारात्मक व्याख्या गर्दै आए
                मान्छेहरू सपनामा छाँगाबाट, छानाबाट, आकाश आदिबाट खस्छन् सपनामा मृतकहरूले हामीलाई तान्न आएको, थर्काउन, तर्साउन आएको देख्छौं  यस्ता सपना उनीहरू पनि देख्छन् हामीलाई यो नकारात्मक सपना भयो किनभने मृतक देख्नासाथ शरीर बोझिलो हुने अनुभव सबैलाई सिनोइहरू यसको सकारात्मक व्याख्या गर्छन् नराम्रा सपनाको सकारात्मक पक्षतिर इङ्गित गर्छन्, किनभने नकारात्मक घटिसक्यो त्यसको व्याख्या गर्नुपर्दैन परिणामले देखाइसक्यो अब खोज्ने सकारात्मकता हो, त्यसको राम्रो पक्ष हो संसारमा सफल वा शक्तिशाली हुने व्यक्तिहरूले जहिले पनि नकारात्मकताको उपयोग गर्दै आए सकारात्मक व्याख्या गर्दै आए, भने बरवाद हुने मान्छेहरू सकारात्मक कुराको पनि नकारात्मक व्याख्या गर्दै रहे जसको कारणले मनमा आतङ्क जन्मिन्छ पुनः एकपल्ट याद राख्नुहोस्सिनोइहरूले नकारात्मक कुराको सकारात्मक पक्ष हेर्दै रहे, व्याख्या गर्दै रहे त्यो व्याख्या गरिसकेपछि उनीहरूमा एकैछिनमा प्रफुल्लता आउनु स्वभाविक हो त्यसपछि आँखा चनाखा हुन थाल्छन्, नाक खुल्न थाल्छन्, शरीर पुलकति हुन थाल्छओहो ! मैले नकारात्मक भनेको सपनाको ठूलै अर्थ पो रहेछ !! यसको महान् अर्थ रहेछ !!! त्यो महान् अर्थको सङ्केत पो रहेछ यसरी बुझ्दै जाँदा उनीहरूका मनमा कहिलै पनि खिन्नता आउँदैन कहिलै पनि उनीहरू मानसिक पीडाको शिकार हुँदैनन्, याद राख्नुहोस् यसरी  सिनोइहरूले नकारात्मक सपनाको सकारात्मक व्याख्या गर्दै मानसिक स्वास्थ्यलाई कायम गर्दै आए  त्यसकारण सिनोइहरू तीन÷तीन सयवर्षसम्म शान्त मानवजातिको रूपमा रहन, स्थापित हुन सफल भए
                अब हाम्रो पनि सिक्ने पालो आइसकेको कि सिनोइहरूले जस्तै नकारात्मक कुराको सकारात्मक व्याख्या खोज्ने परिपाटी पुनः एकपटक याद गर्नुहोस्आतङ्कित को हुन्छन् ? ती मान्छेहरू जो सकारात्मक कुराको पनि नकारात्मक व्याख्या गर्छन् नकारात्मक जसलाई हामी खोइरो खन्नु भन्छौं, निद्रान्वेषी अर्थात् प्वाल मात्र खोज्ने डोनट वा सेल देखाउँदा चारैतिरको सेललाई नहेरीकन प्वाललाई मात्र हेर्ने प्रवृत्ति छिद्रान्वेषीहरूको मन कहिलै पनि शान्त रहँदैन, उनीहरू हरेक कुराको नकारात्मक पक्ष हेरिहाल्छन्, अशान्त हुन्छन् जसले नकारात्मक कुराको पनि सकारात्मक पक्ष खोज्न सक्छन्, व्याख्या गर्न सक्छन्, उनीहरू हिंसा, पीडा, द्वन्द्व सबैबाट मुक्त रहन्छन् साँच्चै जीवनको अर्थ खुलाएर बाँच्न सक्छन् त्यसैले सिनोइबाट हामीले सिक्ने पाठ यही हो कि यदि हामी साँच्चै शान्ति चाहन्छौं भने नकारात्मक कुराको सकारात्मक व्याख्या गर्नु पर्दछ नकारात्कताको सदुपयोग गर्दै जान सक्यौं भने निश्चय हामी शान्त, ज्ञानी आनन्दित  मानवजातिमा परिणत हुनेछौंयसमा शङ्कै भएन

0 comments:

Post a Comment