२३. शान्तिको स्रोत सकारात्मक विचार
संसारमा सबै मान्छे
शान्ति चाहन्छन्, सुख चाहन्छन्
तर साह्रै थोरैले
मात्र सुखशान्तिको अनुभूति
गर्न पाउँछन् ।
शान्ति गाह्रो भएको कारणले
होइन, सुख दुर्लभ
भएको कारणले पनि
होइन । शान्ति
र सुखको प्रक्रियालाई
नबुझेको कारण मान्छे
अशान्त हुन्छ किनभने मान्छेले
संसार चिन्न÷बुझ्न
खोजे तापनि आफूलाई
चिन्न÷बुझ्न खोज्दैन
र त शान्तिको
सम्पूर्ण स्रोत स्वयं हो
भन्ने कुरो उसलाई
थाहा भएको देखिँदैन
। त्यसकारण ऊ
बाहिरै भड्किरहन्छ ।
यहाँनिर एउटा प्रश्न
उठाऊँ– के संसारमा
साँच्चिकै कुनै शान्त
जाति होला ? त्यो
जाति जसले युद्ध,
हिंसा गरेकै छैन,
जो मानसिक हिंसादेखि
लिएर शारीरिक हिंसामा
विश्वासै गर्दैन र त्यसलाई
जीवनले प्रमाणित गर्न सकेका
होस् । वैज्ञानिकहरूले
धेरै पहिलादेखि नै
मानवजातिका त्यस्ता समूह छन्
कि भन्ने खोज
जारी राख्दैआएका छन् र,
त्यसमध्ये यहाँ वैज्ञानिक
किल्टन स्टेवार्डको खोजलाई म
अगाडि सार्दैछु ।
सन् १९३५ तिर
स्टेवार्डले मलायाको जङ्गलभित्र पसेर
त्यहाँका जनजातिहरू (जङ्गली जातिहरू)
एकपछि अर्को अध्ययन
गर्दै गए ।
यसै क्रममा उनले
एउटा अद्भुत जाति
भेट्टाए– त्यो हो
सिनोइ ।
सिनोइ जातिका बारेमा
अनुसन्धान गर्दा तीनसय वर्षको
इतिहासमा त्यस जातिमा
कुनै हिंसात्मक वारदात
भएकै पाइएन ।
यस्तो मानवजाति, जो
आर्थिक रूपमा विलकुल विपन्न
छ, अशिक्षित छ,
असभ्य मानिन्छ तर
तीनसय वर्षको इतिहासमा
न कुनै अन्य
मानव जातिसँग उनीहरूको
युद्ध भएको पाइयो,
न त एक–आपसमा नै मारकाट
भएको कुनै घटना
भेटियो । बिनाहिंसा
तीन सय वर्षको
गौरवमय इतिहासलाई जोगाउन सक्नुभन्दा
ठूलो उपलब्धि अरू
के हुनसक्ला ? यसभन्दा
ठूलो शिक्षा आधुनिक
मान्छेलाई अरू के
हुनसक्ला ? हामी शिक्षित
छौं तर शान्त
छैनौं । हामी
बुद्धिमान् छौं तर
ज्ञानी छैनौं । सिनोइ
जातिमा हामीमा जस्तो बाह्य
प्रगति नभए तापनि
हामीमा नभएको आन्तरिक सुख,
शान्ति, प्रेम र समझदारी
प्रशस्त मात्रामा भेटियो ।
एउटा अद्भुत शान्त
मानवजातिको रूपमा उनीहरू आफूलाई
प्रस्तुत गर्न सफल
छन् । त्यसकारण
शान्ति ! शान्ति !! भन्दै चिच्याउने
मानिसहरूले सिनोइ जातिबाट सिक्नैपर्छ,
उनीहरूलाई बुझ्नैपर्छ । सिनोइहरू
यति शान्त रहनुमा
उनीहरूको सबभन्दा ठूलो गुण
भनेको सकारात्मक सोच
हो । याद
राख्नुहोस् यस कुरालाई–
बाहिरको हिंसा भनेको मान्छेको
मनभित्रको हिंसाको प्रक्षेपण मात्र
हो । जब
हाम्रो मनमा अशान्त,
पीडा, कोलाहल जन्मिन्छ
त्यही हिंसाको रूपमा,द्वन्द्वको रूपमा समाजमा
प्रतिविम्बित हुनथाल्छ । त्यसकारण
बाहिरको हिंसा समाप्त पार्नलाई
मान्छे–मान्छेभित्रको हिंसा समाप्त गर्नुपर्छ
। सङ्गठनात्मक रूपमा
हिंसाको अन्त्य गर्न खोज्नु
दिवास्वप्न मात्र हो किनभने
मानिसहरू बाहिरको सङ्गठनात्मक रूपमा
हिंसालाई समाप्त पार्ने नाममा
अर्को हिंसा बेहोर्छन्
। हामी त्यही
देखिरहेका छौं ।
त्यसकारण हिंसाले हिंसालाई छेक्न
सक्दैन । बरु
हिंसाले हिंसालाई बढाउन सक्छ,
त्यही भइरहेको छ
। जसरी आगोले
आगोलाई निभाउन सक्दैन, रगतको
दागलाई रगतले घोएर समाप्त
पार्न सक्दैन ।
त्यस्तै हिंसा, आतङ्क, अव्यवस्था,
विप्लव यावत् कुरा मान्छेको
हृदयबाट जबसम्म हट्दैनन्, हटाउने
प्रयास गरिँदैन, तबसम्म हिंसा,
आतङ्क, उपलपुथल जारी रहन्छ
।
सिनोइहरूको कुरा शिक्षाप्रद
छ किनभने सिनोइहरू
हिंसा नगर्ने शान्त
मानव जातिको रूपमा
प्रस्तुत हुनुको कारण उनीहरूको
मन विलकुल शान्त,
र स्वच्छ भएको
पाइयो । कसरी
हुन्छ त मन
शान्त ? सिनोइहरूले शदीयौंदेखि एउटा
अद्भुत उपाय अपनाउँदै
आएको देखियो ।
बिहान आँखा खोल्नासाथ
उनीहरूको काम छोराछोरी
र नातिनातिनीहरूका सपना
सुन्नु । सिनोइहरूको
सपनासम्बन्धी समझ हामी
सुसभ्य भनाउँदा मानिसहरूको भन्दा
धेरै गुणा फलदायी
देखिन्छ, अर्थपूर्ण देखिन्छ ।
उनीहरू सकारात्मक र नकारात्मक
दुवै सपनाको व्याख्या
गर्छन् ।
सकारात्मक सपना सबैलाई
मीठो लाग्छ, निको
लाग्छ । त्यसले
मानिसलाई खुसी बनाउँछ,
मुड राम्रो बनाउँछ
। मार्ने त
नकारात्मक सपनाले न हो
। सपनाको व्याख्या
गनु उनिहरू दैनिक
काम हो, किनभने
सपना हरेक दिन
देखिन्छ र नकारात्मक
सपनामा उनीहरू विशेष ध्यान
दिन्छन् । सबभन्दा
ठूलो उनीहरूको विशेषता
हो– नकारात्मक सपनाको
सकारात्मक व्याख्या खोज्नु ।
यस कुरालाई याद
राख्नुहोस् । हामीलाई
त के लाग्छ
भने नकारात्मक सपना
त नकारात्मक सपना
नै हो– यसको
असर नकारात्मक नै
हुनुपर्छ, तर सिनोइहरूले
नकारात्मक सपनामाथि सकारात्मक व्याख्या
गर्दै आए ।
मान्छेहरू सपनामा छाँगाबाट,
छानाबाट, आकाश आदिबाट
खस्छन् । सपनामा
मृतकहरूले हामीलाई तान्न आएको,
थर्काउन, तर्साउन आएको देख्छौं ।
यस्ता सपना उनीहरू
पनि देख्छन् ।
हामीलाई यो नकारात्मक
सपना भयो किनभने
मृतक देख्नासाथ शरीर
बोझिलो हुने अनुभव
सबैलाई छ ।
सिनोइहरू यसको सकारात्मक
व्याख्या गर्छन् । नराम्रा
सपनाको सकारात्मक पक्षतिर इङ्गित
गर्छन्, किनभने नकारात्मक त
घटिसक्यो त्यसको व्याख्या गर्नुपर्दैन
। परिणामले देखाइसक्यो
अब खोज्ने त
सकारात्मकता हो, त्यसको
राम्रो पक्ष न
हो । संसारमा
सफल वा शक्तिशाली
हुने व्यक्तिहरूले जहिले
पनि नकारात्मकताको उपयोग
गर्दै आए सकारात्मक
व्याख्या गर्दै आए, भने
बरवाद हुने मान्छेहरू
सकारात्मक कुराको पनि नकारात्मक
व्याख्या गर्दै रहे ।
जसको कारणले मनमा
आतङ्क जन्मिन्छ ।
पुनः एकपल्ट याद
राख्नुहोस्– सिनोइहरूले नकारात्मक कुराको
सकारात्मक पक्ष हेर्दै
रहे, व्याख्या गर्दै
रहे र त्यो
व्याख्या गरिसकेपछि उनीहरूमा एकैछिनमा
प्रफुल्लता आउनु स्वभाविक
हो । त्यसपछि
त आँखा चनाखा
हुन थाल्छन्, नाक
खुल्न थाल्छन्, शरीर
पुलकति हुन थाल्छ–
ओहो ! मैले नकारात्मक
भनेको सपनाको त
ठूलै अर्थ पो
रहेछ !! यसको त
महान् अर्थ रहेछ
!!! त्यो महान् अर्थको सङ्केत
पो रहेछ ।
यसरी बुझ्दै जाँदा
उनीहरूका मनमा कहिलै
पनि खिन्नता आउँदैन
। कहिलै पनि
उनीहरू मानसिक पीडाको शिकार
हुँदैनन्, याद राख्नुहोस्
यसरी सिनोइहरूले
नकारात्मक सपनाको सकारात्मक व्याख्या
गर्दै मानसिक स्वास्थ्यलाई
कायम गर्दै आए ।
त्यसकारण सिनोइहरू तीन÷तीन
सयवर्षसम्म शान्त मानवजातिको रूपमा
रहन, स्थापित हुन
सफल भए ।
अब हाम्रो
पनि सिक्ने पालो
आइसकेको छ कि
सिनोइहरूले जस्तै नकारात्मक कुराको
सकारात्मक व्याख्या खोज्ने परिपाटी
। पुनः एकपटक
याद गर्नुहोस्– आतङ्कित
को हुन्छन् ? ती
मान्छेहरू जो सकारात्मक
कुराको पनि नकारात्मक
व्याख्या गर्छन् । नकारात्मक
जसलाई हामी खोइरो
खन्नु भन्छौं, निद्रान्वेषी
अर्थात् प्वाल मात्र खोज्ने
। डोनट वा
सेल देखाउँदा चारैतिरको
सेललाई नहेरीकन प्वाललाई मात्र
हेर्ने प्रवृत्ति । छिद्रान्वेषीहरूको
मन कहिलै पनि
शान्त रहँदैन, उनीहरू
हरेक कुराको नकारात्मक
पक्ष हेरिहाल्छन्, र
त अशान्त हुन्छन्
। जसले नकारात्मक
कुराको पनि सकारात्मक
पक्ष खोज्न सक्छन्,
व्याख्या गर्न सक्छन्,
उनीहरू हिंसा, पीडा, द्वन्द्व
सबैबाट मुक्त रहन्छन् र
साँच्चै जीवनको अर्थ खुलाएर
बाँच्न सक्छन् । त्यसैले
सिनोइबाट हामीले सिक्ने पाठ
यही हो कि
यदि हामी साँच्चै
शान्ति चाहन्छौं भने नकारात्मक
कुराको सकारात्मक व्याख्या गर्नु
पर्दछ र नकारात्कताको
सदुपयोग गर्दै जान सक्यौं
भने निश्चय हामी
शान्त, ज्ञानी र आनन्दित मानवजातिमा
परिणत हुनेछौं– यसमा
त शङ्कै भएन
।
२३. शान्तिको स्रोत सकारात्मक विचार