Monday, November 10, 2014

१३. प्रेम

१३. प्रेम  
एउटा विश्वविख्यात कथा एउटा ठूलो परिवारका सबै सदस्यहरू समुद्री यात्रा गर्दै थिए निरन्तर अनपेक्षित वर्षाको कारण समुद्री छालले उनीहरूलाई झट्काई दिन्छ अर्थात् उनीहरू समुन्द्रमै हराउन थाल्छन् निकै दिनपछि भोजन   पानी सकिदैँ जान्छ त्यसपछि एकपछि अर्काे सदस्य मर्न थाल्छन् अब उनीहरूमा तीन प्रमुख समस्या देखिन थाल्छ एकखानपिऊन नपाउनु, दुईसुत्न नसक्नु, तीनप्रियजनहरूसित सदाको लागि छुट्टिनु
उनीहरूले अन्ततः जेनतेतन किनारा भेट्टाउँछन् अब उनीहरूले पहिलो काम के गर्छन् होला ? परिवार बिछोडमा रुन्छन् या सुत्छन् ? वा भोजन खोज्न हिंँड्छन् ? किनार पक्डनसाथ पहिलो काम उनीहरू भोजन खोज्न हिँड्छन् खाइवरी गरी टन्न सुत्छन् बल्ल उठेर प्रेमपात्रहरू मरेको पीडामा क्वाँक्वाँ रुन्छन्
उनीहरू पहिल्यै किन रोएनन् ? जवाफ प्रष्टै किनभने प्रेम जीवनको पहिलो आवश्यक्ता होइन पहिलो आवश्यक्ता हो भोजन मान्छेको लागि पेट नभरेसम्म प्रेम बकबास हुन्छ खानु सुत्नुजस्ता प्राथमिक  आवश्यक्ता पूर्तिपछि मनोबेत्ता अब्राहम  मालो अनुसार उनीहरूले खोज्ने कुरा प्रेम होइन, सुरक्षा हो त्यसैले भयभीत मनस्थितिमा प्रेमानुभूति हुँदैन मानसिक रुपमा सुरक्षित महसुस भएपछि भने उसको खोज हुन्छ, पे्रेमप्यार तर प्रेमप्राप्तिपछि पनि मान्छे धन्य भने हुँदैन किनभने उसको अन्तिम खोज होमुक्तिबोध अर्थात् विचार भावनाका आघातप्रत्याघातबाट सधैँको लागि मुक्ति यही अन्तिम खोज हो मान्छेको प्रेमप्राप्ति त्यतातिरको एक साधन मात्र सावित हुन्छ, साध्य होइन
त्यसैले जतिपनि महान् प्रेमी प्रेमिकाहरूका नाम हामीलाई थाहा ,– लैलामज्नु, रोमियोजुलियट, हीरराँझा, सिरीफराद आदि सबै बिहेअघि नै मरेका हुन् , बिहे गरेर पनि प्रेमका अमरकथा बनेका सायदै मात्र कुनै पात्र होलान् किनकि बिहेपछि उनीहरूले प्रेम खोज्दैनन्, आत्मसम्मान खोज्छन्, ज्ञान खोज्छन् त्यहाँबाट पनि उठेर जीवनमुक्ति खोज्छन् जुन प्रेम पात्रले दिनेलिने कुरा होइन

अतः प्रेम जीवनको लागि सानो कुरा होइन नै तर यो ठूलो कुरो पनि होइन किनकि, यसअगाडि त्यसपछाडि पनि मान्छेको खोजहरू छन् जसको पूर्ति नभएसम्म भौतारिनै रहन्छजन्म जन्मसम्म

4 comments:

  1. thank u very much for this clearification. i was confused before.. but i am okay now, your story makes me clear,,please keep posting

    ReplyDelete
  2. What a story.... This is the universal fact about love....thank u gurudev

    ReplyDelete
  3. Never thought of it bt will b from now :) thank You

    ReplyDelete
  4. Thank you for sharing such a nice story with nice opinion and theme...

    ReplyDelete