१३. प्रेम
एउटा विश्वविख्यात कथा छ–
एउटा ठूलो परिवारका
सबै सदस्यहरू समुद्री
यात्रा गर्दै थिए ।
निरन्तर अनपेक्षित वर्षाको कारण
समुद्री छालले उनीहरूलाई झट्काई
दिन्छ अर्थात् उनीहरू
समुन्द्रमै हराउन थाल्छन् ।
निकै दिनपछि भोजन
र पानी
सकिदैँ जान्छ । त्यसपछि
एकपछि अर्काे सदस्य
मर्न थाल्छन् ।
अब उनीहरूमा तीन
प्रमुख समस्या देखिन थाल्छ
। एक– खानपिऊन
नपाउनु, दुई– सुत्न
नसक्नु, तीन– प्रियजनहरूसित
सदाको लागि छुट्टिनु
।
उनीहरूले अन्ततः जेनतेतन किनारा
भेट्टाउँछन् । अब
उनीहरूले पहिलो काम के
गर्छन् होला ? परिवार बिछोडमा
रुन्छन् या सुत्छन्
? वा भोजन खोज्न
हिंँड्छन् ? किनार पक्डनसाथ पहिलो
काम उनीहरू भोजन
खोज्न हिँड्छन् ।
खाइवरी गरी टन्न
सुत्छन् र बल्ल
उठेर प्रेमपात्रहरू मरेको
पीडामा क्वाँक्वाँ रुन्छन् ।
उनीहरू पहिल्यै किन रोएनन्
? जवाफ प्रष्टै छ– किनभने
प्रेम जीवनको पहिलो
आवश्यक्ता होइन ।
पहिलो आवश्यक्ता हो
भोजन । मान्छेको
लागि पेट नभरेसम्म
प्रेम बकबास हुन्छ
। खानु र
सुत्नुजस्ता प्राथमिक आवश्यक्ता
पूर्तिपछि मनोबेत्ता अब्राहम मालो अनुसार
उनीहरूले खोज्ने कुरा प्रेम
होइन, सुरक्षा हो
। त्यसैले भयभीत
मनस्थितिमा प्रेमानुभूति हुँदैन । मानसिक
रुपमा सुरक्षित महसुस
भएपछि भने उसको
खोज हुन्छ, पे्रेम–प्यार । तर
प्रेम–प्राप्तिपछि पनि
मान्छे धन्य भने
हुँदैन । किनभने
उसको अन्तिम खोज
हो– मुक्तिबोध अर्थात्
विचार र भावनाका
आघात–प्रत्याघातबाट सधैँको
लागि मुक्ति ।
यही अन्तिम खोज
हो मान्छेको ।
प्रेमप्राप्ति त्यतातिरको एक साधन
मात्र सावित हुन्छ,
साध्य होइन ।
त्यसैले जतिपनि महान् प्रेमी
प्रेमिकाहरूका नाम हामीलाई
थाहा छ,– लैलामज्नु,
रोमियो–जुलियट, हीर–राँझा,
सिरी–फराद आदि
। सबै बिहेअघि
नै मरेका हुन्
। र, बिहे
गरेर पनि प्रेमका
अमरकथा बनेका सायदै मात्र
कुनै पात्र होलान्
। किनकि बिहेपछि
उनीहरूले प्रेम खोज्दैनन्, आत्मसम्मान
खोज्छन्, ज्ञान खोज्छन् ।
त्यहाँबाट पनि उठेर
जीवन–मुक्ति खोज्छन्
। जुन प्रेम
पात्रले दिने–लिने
कुरा होइन ।
अतः प्रेम जीवनको लागि
सानो कुरा त
होइन नै तर
यो ठूलो कुरो
पनि होइन ।
किनकि, यसअगाडि र त्यसपछाडि
पनि मान्छेको खोजहरू
छन् । जसको
पूर्ति नभएसम्म ऊ भौतारिनै
रहन्छ– जन्म जन्मसम्म
।
thank u very much for this clearification. i was confused before.. but i am okay now, your story makes me clear,,please keep posting
ReplyDeleteWhat a story.... This is the universal fact about love....thank u gurudev
ReplyDeleteNever thought of it bt will b from now :) thank You
ReplyDeleteThank you for sharing such a nice story with nice opinion and theme...
ReplyDelete