१२. स्टिभ जब्स र
संगत
हामीले कोसँग संगत गर्नुपर्छ
?
तथागत गौतम बुद्धलाई
कसैले सोधेका थिए
।
जागृत पुरुषसँग मात्र संगत
गर्नुपर्दछ किनभने जोसित संगत
गरिन्छ तिमी त्यस्तै
बन्नेछौ । यदि
त्यस्ता कोही पनि
भेट्टाइएन भने ‘जंगलमा
हिँड्ने गैँडा जस्तै एक्लै
हिँड तर गलत
वा कमजोर मान्छेसँग
संगत नगर ।
अन्यथा कालान्तरमा तिमी पनि
गतल वा कमजोर
बन्नेछौ ।’
अब स्टिभ जब्सकै कुरा
कोट्याऔँ । यिनले
रिड कलेज पढ्दापढ्दै
बीचमै पढाइ छोडिदिए
। उनले यान्त्रिकपारामा
पढाइने शिक्षण प्रणालीमा आफ्नो
भविष्य बनाउने कुरा भेटेनन्
। संयोगवश उनले
जागिर खोज्ने क्रममा
अटारी कम्पनीका संस्थापक
नोलन बुसनेलको संगत
पाउँछन् । यो
व्यक्ति रियालिटी डिस्टोर्सन फिल्ड
प्रयोग गर्ने थोरै विज्ञमध्ये
एक थिए ।
यसो भनेको वास्तविकता
बंग्याउन सक्ने क्षेत्रको आवधारणा
हो । अर्थात्
कुनै पनि कुरा असम्भव
हुँदैन । अर्थात्
आफूले चाहना र
प्रयाश जारी राख्नुपर्दछ
। जे पनि
सम्भव हुन्छ भन्ने
विज्ञान सम्मत धारणाको नाम
नै रियालीटी डिस्टोर्सन
फिल्ड हो ।
अतः बुसनेल ‘नाइ,
हँुदैन, सकिएला र ?’ जस्तो
शब्द प्रयोग त
के सुन्नै चाहँदैनथे
। र त जब्सले बुसनेलको संगतमा
आएपछि सिकेको पहिलो
पाठ नै यो
थियो कि आफूले
चाहेमा यथार्थलाई पनि तोडमोड
गर्न सक्दो रहेछ
। यस अवधारणाको
विकासले उनको मनमा
क्रान्ति नै ल्याइदियो
। उनी आफूले
पनि असम्भव देखिने
कुरा सम्भव बनाउने
ताकमा रहन थाले
। यसैबेला उनले अटारी
कम्पनीका एकजना साथी बनाउन
भ्याए– रोनवेन । रोनले
यस कम्पनीमा जागिर
खानअघि आफ्नै कम्पनी चलाइसकेको
थिए तर उनी
सफल भने भएनन्
। तर, जब्सले
उनको संगतबाट के
सिके भने एकै
व्यक्तिले पनि कम्पनी
चलाउन सक्दोरहेछ ।
जब्सले त्यहाँदेखि सपना बुने–
आफ्नैै निजी कम्पनी
बनाउने । यसैबीच
उनले अर्काे एकजना
आफूजस्तै साथी भेटे–
स्टिभ बजन्याक जब्स
। उनको बारेमा
उनी भन्छन्, ‘आज
म जे छु
त्यो स्टिभ बजन्याककै
कारण छु ।
यिनै साथीसित मिलेर
आफ्नै कम्पनी खोल्न
अघि सरे ।
स्मरण रहोस्, भविष्यमा
अर्बाैं डरलको हुने एप्पल
कम्पनीको सुरुवात स्टिभले आफ्नो गाडी
७५० डलरमा बेचेर
बजन्याकले ५०० डलरजति
जुराएर गरेका थिए ।
त्यसबेलासम्म त कम्प्युटर
भनेको सर्वसाधारणको पहुँचबाहिरको
कुरा थियो ।
त्यो सेनाका उच्च
अधिकारीले मात्र प्रयोग गर्ने
वस्तुका रूपमा
लिइन्थ्यो । स्टिभहरूको
चाहना के थियो
भने ‘घर–घरमा
प्रयोग हुने चिटिक्क
परेको तर सस्तो
कम्प्युटर निर्माण गर्नु ।
जुन कुरा त्यसबेला
साथीहरूलाई सुनाउँदा उनीहरू गलल
हाँसेका थिए ।
किनभने त्यसबेलासम्म यस्तो कम्प्युटर बन्नु
असम्भव प्रायः थियो ।
तर उनीहरू १९७५
जुन २९ मा
सबैभन्दा सस्तो ५०० डलरवाला
एप्पल वन कम्प्युटर
बनाएर विश्व विख्यात
भए । अतः
संगतले स्टिभलाई वास्तविकता बंग्याउन
माहिर बनाइदियो ।
अतः कि त
एक्लै हिँड्नुपर्छ, कि
त जब्सले पाएजस्तो
संगत खोज्नुपर्दछ ।
१२. स्टिभ जब्स र संगत