Thursday, November 27, 2014

१८. सम्झौताहीन जिन्दगी सफलता
एकताकाको कुरा हो स्टिभ जब्स गरिबबाट धनी भइसकेका थिए उनी अमेरिकाकै सबैभन्दा महँगा कार चढ्थे भने त्यस्तैखाले महलमा बस्थे तर, उनको कोठमामा भने खाटसमेत थिएन उनी भुइँमै सुत्थे उनी खाटमा सुत्न नरुचाउने भने होइनन्
कारण यति थियो कि उनले भनेजस्तो खाट बजारमा भेट्टाउन सकेनन् आफूले खोजेजस्तो चीज नभेट्टाउँदा भुइँमा सुते तर, इच्छासँग सम्झौता गरेनन् उनले सम्झौताहीन जीवनशैली पनि उनको सफलताका सूत्र हुन् किनभने अधिकांश मानिस जिन्दगीभरि सम्झौतामा बाँच्छन् , उनीहरू सामान्य मान्छे भन्दा माथि कहिल्यै उक्लिन सक्दैनन्
एउटा भनाइ – ‘गुड इज इनेमी अफ बेस्टअर्थात् ठिकैका कुरा सबैभन्दा राम्रो कुराको सूत्र हुन्छ किनकि ठिकैका कुरा पाउँदा मानिसले राम्रो, सबैभन्दा राम्रो कुरा खोज्दै खोज्दैन बरु केही नहुनेले सबैभन्दा राम्रो कुरामाथि आँखा लाउँछ तर, ठिकैको कुरा पाएकाले त्यहाँभन्दा राम्रो खोज्ने मानसिकता नै त्यागिदिन्छ किनभने उसलाई आफैँसँग भएको ठिकैको कुरा पनि गुम्ला कि भन्ने डरले जहिल्यै गाँजिरहन्छ परिणामस्वरूप ९५ प्रतिशतभन्दा बढी कमजोर मानिसको पंक्तिबाट उक्लनअघि नै मर्न बाध्य हुन्छ
एप्पल कम्पनीमा आफ्ना कामदारलाई समेत उनी बेलाबखत आदेश दिन्थे, ‘सम्झौताहीन काम गर स्टिभ जब्सको सम्झौताहीन जिन्दगी बाँच्ने शैली बारे विज्ञानले भन्ने कुरा बुझ्नका लागि एउटा शास्त्रीय उदाहरण प्रस्तुत

एकपटक पार्वतीले महादेव नै श्रीमान् पाउने अठोट गरिन् किनभने उनी महादेव हुन् उनीभन्दा माथि कोही छैनन् यो उच्चतम् उपलब्धि हात पार्न उनी तपस्यामा बसिन् महादेवसित विवाह भएको कल्पनामा डुबिन् यसैबीच एक दिन सबैभन्दा मनमोहक लाग्ने देवता विष्णु पार्वतीको अगाडि प्रकट भए उनले पार्वतीसित बिहेको प्रस्ताव राखे विष्णु पनि कमका देवता थिएनन् तर, उच्चतम् भने हुँदै होइनन् त्यसैले पार्वतीले विष्णुलाई समेत तिरस्कार गरिन् अर्थात् उनलेकम्प्रोमाइजगरिनन् महादेव नै पाए बिहे गर्ने हो अन्यथा जिन्दगीभर कुमारी नै बसौँला यो उनको दृढअठोट थियो नभन्दै पछि महादेवसँगै बिहे भइछाड्यो मात्र कुर्न सक्नुपर्छ जे खोजिन्छ त्यही पाइन्छ पार्वतीको यस कथाको सन्देशलाई स्टिभ जब्सले पनि साकार पारेका छन्

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. Good is the enemy of the best...! Got to live by that philosophy!
    http://linkinmyth.blogspot.com

    ReplyDelete