Wednesday, November 5, 2014

९. मुक्त पुरुष

. मुक्त पुरुष 
भन्नै पर्दैन सोक्रेटिस आफ्नो समयका महानतम दार्शनिक थिए तर त्यसवेलाको कानुन कायदा अनुसार आफ्नो देशको रक्षा गर्न उनले युद्धमा समेत भागलिनु ¥यो एउटा हैन कैयन् युद्धमा एउटा युद्धमा उनी आल्सी बिआदेजको नेतृत्वमा गएका थिए युद्धकालमा बारम्बार सैनिकहरुले भोजन समेत पाउदैन थिए यस्तो अवस्थामा सबै योद्धा दुखी हुनुदेखि विक्षिप्तसमेत हुन्थे आल्सी बिआदेजका अनुसार यस्तो बेला पनि हास्न सक्ने एउटै योद्धा थिएसोक्रेटिस
यस प्रशंगमा मुक्त पुरुषका दुई लक्षण समाविष्ट छन्एक पवित्र कार्य मात्र हैन आवश्यक परे पापकार्य (युद्धमा अरुको हत्या गर्नुजस्ता) समेत सहजै गर्न सक्नु परिस्थिती जतिसुकै प्रतिकुल भएपनि मनस्थितीलाई अनुकुल पार्न सक्न, जस्तै युद्धको मैदानमा भोकमरी हुदा पनि हास्न सक्नु
माथिको तर्कलाई बल पु¥याउन अर्काे एउटा युद्धको प्रशंग, दिलियमको युद्धपछि एथेन्सका सेना हारेर भागाभाग गर्दै थिए सवका सव हस्याङ फस्याङ गरी भागिरहेको परिस्थितीमा पनि एकजना योद्धा भने केही नभए जस्तो मन्द गतिमा आनन्दपूर्वक हिडिरहेका थिए त्यो सेना अरुको को हुनु्, सोक्रेटिस सिवाए यो मुक्तात्मा हुनुको अर्काे उदाहरण उनले पेश गरेका थिए
उनी समान्यतया जाड, रक्सी खाँदैनथे तर यो उनको नियम भने थिएन (मुक्तामाको के को नियम ? नियममै बाँच्नु परे के को मुक्तात्मा ?) त्यस्तै ¥यो भने उनी सबभन्दा बढी रक्सी खान्थे तर रक्सीको मात भने कति पनि लाग्दैनथ्यो मुक्तिदशाको अर्काे उदाहरण हो यो (नलाग्ने गरी खानसके तपाई पनि मुक्तात्मा, हा हा हा )

भन्न परोइनउनलाई हेमलक नामक विष पिलाएर मारेको थियो विषपान गरिसकेपछि उनले आफ्नो अन्तिम शब्द बोलेएक्स्केपियस देवतालाई एउटा कुखुरा चढाइदिनू यति भन्दै उनी मरे एथेन्सवासीहरु कुनै रोगबाट मुक्ति पाएमा एक्स्केपियस नामक देवतालाई कुखुरा चढाउथे उनले आफ्नो मृत्युलाई जीवनरुपी रोगबाट मुक्त भएको आशय प्रकट गरे शान्तिपूर्वक मर्न सके यसरी खुशी भएर मर्न सक्नु पनि मुक्तात्माको अन्तिम पहिचान हो    

2 comments:

  1. मुक्त पुरुष सम्बन्धी लेख राम्रो लग्यो.........
    मुक्त पुरुष भनेको मनोबैज्ञानिक चेत मात्र त हैन ? मलाई अध्यात्मले गरेका धेरै कुरा धेरै हद सम्म मनोबैज्ञानिक रुपमा स्वस्थ र सिद्ध लाग्छन ....अलि विस्तारमा उत्तर पाऊ .......

    ReplyDelete