Tuesday, November 4, 2014

८. पुस्तक प्रेम

. पुस्तक प्रेम 
एउटा सुविख्यात भनाइ रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन्् भनाइको अर्थ, जति बढी पढिन्छ त्यति नै नेतृत्व गरिन्छ यो भनाइ अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्प्रतिसत लागू भएको देखिन्छ
त्यसबेला ओगमोन नामक एउटा गाउँमा एक जना अवकासप्राप्त न्यायाधीस बस्थे अब्राहम लिङ्कनले उक्त न्यायाधीसको घरेलु नोकर हुन तयार भए
तिमीलाई तलब कति चाहिन्छ, बाबु ?– न्यायाधीसले सोधे
महासय, मलाई एक पैसा चाहिँदैन, बरु हजुरसँग भएका सबै पुस्तक पढ्ने अनुमति पाउँ,– लिङ्कनले भने
यस्तो थियो उनको पढाइप्रतिको प्रेम, पढ्न सिकेका मात्र के थिए, त्यसैबेलादेखि उनी हातमा परेका पुस्तक पूरै नपढी चैनको सास लिँदैनथे
उनी असाध्यै गरिब परिवारमा जन्मेका थिएकाठेघर फूसको छानोमुनी त्यसैले आफ्नो पैसाले किताब किनेर पढ्ने हैसियत उनमा थिएन तर पुस्तक पढ्ने प्यास भने कहिल्यै मेटिएन, मरेन
अठार वर्षको उमेरसम्म उनले भाडाको गाडी चलाएर पेट भर्थे त्यसपछि न्यूसालेममा एउटा स्टोरको म्यानेजर भएर काम गरे दिनभरी ग्राहकसँग कारोबार मै बित्थ्यो तापनि ग्राहक नआएको मेसो ¥यो कि किताब पढ्नमै खटिन्थे उनी राती त्यसै स्टोरमा कपडाको थान तकिया लगाएर सुत्नु पर्दा पनि पढ्न भने छोड्दैन थिए यहाँनिर खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान राम्ररी चरितार्थ भएको देखिन्छ

पछि उनले न्यूसालेममा एउटा हुलाकमा पोष्ट माष्टर भएर काम गर्न थाले यस्तो ठाउँमा भने उनले पढ्ने मौका कहाँ पाउँदो होलान् जस्तो लाग्न सक्छ तर उनले यहाँ पनि पढ्ने बानी कायमै राखे किताब पढ्ने अवसर हुदैनथ्यो तर हुलाकमा भित्रिने सबै खाले पत्रपत्रिका भने पढ्न थाले यसरी उनको ज्ञानविज्ञानको भण्डार दिनानु दिन बढ्दै गयो , आफ्नो ज्ञान विवेकलाई प्रयोग गरी अधिकतम मान्छेलाई फाइदा दिने ठाउँ राजनीति नै हो भन्ने कुरा ठम्याउन उनलाई गाह्रो परेन अतः उनले थरिथरिका चुनावमा भाग लिँदै गए सबै चुनाबमा हारे पनि उनको प्रयास जारी नै रह्यो अन्ततः राष्ट्रपतिपदको लागि भएको निर्वाचनमा भने जितेर छाडे पछि उनले भने क्ष्  m कयिध धबपिभच दगत क्ष् लभखभच धबपि दबअप अर्थात् सुस्तरी बढ्ने मान्छे हँु तर गन्तब्य नपुग्दै फर्कने मान्छे चाहिँ होइन

0 comments:

Post a Comment