८. पुस्तक प्रेम
एउटा सुविख्यात भनाइ छ–
रीडर्स आर लीडर्स
अर्थात् पढुवा नै अगुवा
हुन्् । भनाइको
अर्थ, जति बढी
पढिन्छ त्यति नै नेतृत्व
गरिन्छ । यो
भनाइ अमेरिकी पूर्व
राष्ट्रपति अब्राहम लिङ्कनमा सत्–प्रतिसत लागू भएको
देखिन्छ ।
त्यसबेला ओगमोन नामक एउटा
गाउँमा एक जना
अवकासप्राप्त न्यायाधीस बस्थे ।
अब्राहम लिङ्कनले उक्त न्यायाधीसको
घरेलु नोकर हुन
तयार भए ।
तिमीलाई तलब कति
चाहिन्छ, बाबु ?– न्यायाधीसले सोधे
।
महासय, मलाई एक
पैसा चाहिँदैन, बरु
हजुरसँग भएका सबै
पुस्तक पढ्ने अनुमति पाउँ,–
लिङ्कनले भने ।
यस्तो थियो उनको
पढाइप्रतिको प्रेम, पढ्न सिकेका
मात्र के थिए,
त्यसैबेलादेखि उनी हातमा
परेका पुस्तक पूरै
नपढी चैनको सास
लिँदैनथे ।
उनी असाध्यै गरिब परिवारमा
जन्मेका थिए– काठेघर
र फूसको छानोमुनी
। त्यसैले आफ्नो
पैसाले किताब किनेर पढ्ने
हैसियत उनमा थिएन
। तर पुस्तक
पढ्ने प्यास भने
कहिल्यै मेटिएन, मरेन ।
अठार वर्षको उमेरसम्म उनले
भाडाको गाडी चलाएर
पेट भर्थे ।
त्यसपछि न्यूसालेममा एउटा स्टोरको
म्यानेजर भएर काम
गरे । दिनभरी
ग्राहकसँग कारोबार मै बित्थ्यो
तापनि ग्राहक नआएको
मेसो प¥यो
कि किताब पढ्नमै
खटिन्थे उनी ।
राती त्यसै स्टोरमा
कपडाको थान तकिया
लगाएर सुत्नु पर्दा
पनि पढ्न भने
छोड्दैन थिए ।
यहाँनिर खाने मुखलाई
जुँगाले छेक्दैन भन्ने उखान
राम्ररी चरितार्थ भएको देखिन्छ
।
पछि उनले न्यूसालेममा
एउटा हुलाकमा पोष्ट
माष्टर भएर काम
गर्न थाले ।
यस्तो ठाउँमा भने
उनले पढ्ने मौका
कहाँ पाउँदो होलान्
जस्तो लाग्न सक्छ
तर उनले यहाँ
पनि पढ्ने बानी
कायमै राखे ।
किताब त पढ्ने
अवसर हुदैनथ्यो तर
हुलाकमा भित्रिने सबै खाले
पत्रपत्रिका भने पढ्न
थाले । यसरी
उनको ज्ञान–विज्ञानको
भण्डार दिनानु दिन बढ्दै
गयो । र,
आफ्नो ज्ञान र
विवेकलाई प्रयोग गरी अधिकतम
मान्छेलाई फाइदा दिने ठाउँ
राजनीति नै हो
भन्ने कुरा ठम्याउन
उनलाई गाह्रो परेन
। अतः उनले
थरिथरिका चुनावमा भाग लिँदै
गए । सबै
चुनाबमा हारे पनि
उनको प्रयास जारी
नै रह्यो र
अन्ततः राष्ट्रपतिपदको लागि भएको
निर्वाचनमा भने जितेर
छाडे । पछि
उनले भने क्ष् बm
ब कयिध धबपिभच
दगत क्ष् लभखभच
धबपि दबअप अर्थात्
म सुस्तरी बढ्ने
मान्छे हँु तर
म गन्तब्य नपुग्दै
फर्कने मान्छे चाहिँ होइन
।
८. पुस्तक प्रेम