Saturday, November 29, 2014

एक प्रसंग

एक प्रसंग
एकजना मानिस घरपालुवा हात्तीलाई बाधिएर
राखिएको ठाँउ हुदै कतै गइरहेको थियो । उसले
हात्तीलाई हेर्दै गर्दा एउटा अनौठो कुरो देखेछ,
त्यत्रो विशाल प्राणी हात्तीलाई बाधेर
राख्न सिर्फ खुट्टामा मसिनो सङ्लाको मात्र प्रयोग
गरिएको छ ।
उसलाई अचम्म लागेछ, हात्तीले चाह्यो भने
त्यो सजिलै चुडाल्न सक्छ तै पनि किन र
कसरी त्यसको प्रयोग गरिएको होला ।
आफ्नो कौतुहलता मेटाउन उ हात्तीलाई तालिम दिने
व्यक्तीलाई गएर यही जिज्ञासा राख्छ
। उताबाट समाधान आउछ, 'सानोमा हात्तीलाई
यही साङ्लाले बाधिएर राखिन्छ,
त्यतीबेला हात्तीले यसलाई चुडाल्ने
प्रयत्न त गर्छ तर सक्दैन । निरन्तरको प्रयाश
पछी पनि चुडाल्न नसकेपछ
छावा हात्तीलाई लाग्छ, यसलाई चुडाल्न असंभव छ ।
विस्तारै बढ्दै
गएपछी पनि उसको यही विश्वास
रहिरहन्छ । र, यती परिपक्व हुदाँ पनि उसलाई
लागिरहन्छ, म यो साङ्लालाई चुडाल्न सक्दिन
अनी चुडाल्ने प्रयत्न नै गर्दैन यसैले
हामीले यही सानो साङ्लालेनै बाध्ने
गर्दछौ ।'
---
हो, हाम्रो जीवनका कतिपय अवस्थामा पनि दुरूस्तै
यही लागु भइरहेको हुन्छ । यो सक्दिन,
त्यो सक्दिन, असंभव छ, म बाट हुदैन आदी ।
आखिर यी सबै सत्य नभइ हाम्रो विश्वास मात्र
हो । हामी सोच्छौ, हामी सक्दैनौ,
यसर्थ हामीले सक्दैनौ ।
यदी हामी हो यो म सक्छु
भनि लागि परिरहने हो वा प्रयाश गरेर त हेरौ भनेर लाग्ने
हो भने...आखिर असंभव केही हुदोरहनेछ भनेर
पाउनेछौ । बुझिराखौ ।sabhar-cyber sansar

0 comments:

Post a Comment