१९. प्रयास
अर्नेस्ट
हेमिङवेको कालजयी कृतिको नाम
हो– ‘ओल्ड म्यान
एन्ड सी’ अर्थात्
बूढा र पहाड
। यस कृतिले
सन् १०५४ को
साहित्यमा दिइने नोबेल पुरस्कार
कुम्ल्याएको छ ।
त्यस वर्ष हजारौं
साहित्यकारले आफूले पुरस्कार पाउने
आशा राखेका होलान्
। तर, भाग्यको
साथ दियो हेमिङवेलाई
। बाहिरबाट हेर्दा
यो भाग्यको कमाल
देखिए पनि गुदी
कुरा यो उनको
कर्म अर्थात् परिश्रमकै
परिणाम भन्न सकिन्छ
। उनले पुरस्कार
थापेको दुनियाँले देखे तर
उनले यसका लागि
कति पसिना चुहाए
थोरैले मात्र थाहा पाए
। सुनिन्छ– यस
पुस्तकलाई उनले कैयन्पटक
पुनःलेखन गरेका थिए ।
यहाँसम्म कि यस
पुस्तकको अन्तिम भागलाई उनले
दुई सयपटकसम्म लेखन
तथा पुनःलेखन गर्न
भ्याएका थिए ।
कति रे ? दुई
सय पटक, हो
दुई–दुई सय
पटक । कल्पना
गर्नुुस् त ।
एकै पन्नालाई मात्रा
पनि दुई सय
पटक सार्नुपर्दा कति
समय खर्च होला
? कति धैर्यको खाँचो
पर्ला ? अतः हेमिङवेले
नोबेल पुरस्कार पाउनु
यस अर्थमा मुनासिबै
देखिन्छ । यसै
सन्दर्भमा थोमस एल्बा
एडिसनको कुरा बहुत
सटिक दखिन्छ ।
मैले गरेको परिश्रम
नियालेर हेर्ने हो भने
मैले पाएको परिणामदेखि
मान्छेलाई अचम्म लाग्दैन ।
प्रसंग बदलौं । समसामयिक
विश्वमा सबैभन्दा बढी बिकेको
पुस्तकमध्ये एउटा हो–
‘चिकन सुप फर
योर सउल’ अर्थात्
आत्माका लागि अमृत
। यस पुस्तकका
लेखकद्वय हुन्– ज्याक क्यान
फिल्ड र मार्क
हेन्सन । उनीहरूले
यो किताबलाई तयार
पारीवरी प्रकाशककहाँ पठाए ।
तर, प्रकाशकले सुधारको
अपेक्षासहित फर्काए । लेखकद्वयले
यसलाई पुनःलेखन गरेर
प्रकाशककहाँ फेरि पठाए
। फेरि पनि
अझै सुधारको सुझावसहित
पुस्तक फर्काइयो । उनीहरूले
हार मानेनन् ।
बरु अझै सशक्त
सामग्रीसहित पुस्तक प्रकाशकलाई ठम्याए
। तर, यसपालि
पनि पुस्तक छापिएन
। कुरा तीन–चारपटकको प्रयासमा टुंगिएन
। उनीहरूले आफ्नो
पुस्तकलाई ३४ पटकसम्म
लेख्न, फेरि लेख्न
बाध्य भए ।
अन्ततः पैंतीसौंपटकको भगिरथ प्रयास र
अपार धैर्यपछि पुस्तक
निस्कियो र रातारात
यसले विश्व बजार
ओगट्यो । अतः
असम्भव केही पनि
हुँदैन । मात्र
प्रयासको कमीले ‘असम्भव’ जन्मिने
हो ।
'ओल्ड म्यान एण्ड द सी' को नेपाली अनूवाद माथी बूढा र पहाड नभइ 'बुढो माझी र समुद्र' वा बुढा र समुद्र हुनुपर्ने थियो, कू-टाइप भएछ ।
ReplyDelete