Friday, November 28, 2014

१९. प्रयास

१९. प्रयास 
अर्नेस्ट हेमिङवेको कालजयी कृतिको नाम हो– ‘ओल्ड म्यान एन्ड सीअर्थात् बूढा पहाड यस कृतिले सन् १०५४ को साहित्यमा दिइने नोबेल पुरस्कार कुम्ल्याएको त्यस वर्ष हजारौं साहित्यकारले आफूले पुरस्कार पाउने आशा राखेका होलान् तर, भाग्यको साथ दियो हेमिङवेलाई बाहिरबाट हेर्दा यो भाग्यको कमाल देखिए पनि गुदी कुरा यो उनको कर्म अर्थात् परिश्रमकै परिणाम भन्न सकिन्छ उनले पुरस्कार थापेको दुनियाँले देखे तर उनले यसका लागि कति पसिना चुहाए थोरैले मात्र थाहा पाए सुनिन्छयस पुस्तकलाई उनले कैयन्पटक पुनःलेखन गरेका थिए यहाँसम्म कि यस पुस्तकको अन्तिम भागलाई उनले दुई सयपटकसम्म लेखन तथा पुनःलेखन गर्न भ्याएका थिए कति रे ? दुई सय पटक, हो दुईदुई सय पटक कल्पना गर्नुुस् एकै पन्नालाई मात्रा पनि दुई सय पटक सार्नुपर्दा कति समय खर्च होला ? कति धैर्यको खाँचो पर्ला ? अतः हेमिङवेले नोबेल पुरस्कार पाउनु यस अर्थमा मुनासिबै देखिन्छ यसै सन्दर्भमा थोमस एल्बा एडिसनको कुरा बहुत सटिक दखिन्छ मैले गरेको परिश्रम नियालेर हेर्ने हो भने मैले पाएको परिणामदेखि मान्छेलाई अचम्म लाग्दैन
प्रसंग बदलौं समसामयिक विश्वमा सबैभन्दा बढी बिकेको पुस्तकमध्ये एउटा हो– ‘चिकन सुप फर योर सउलअर्थात् आत्माका लागि अमृत यस पुस्तकका लेखकद्वय हुन्ज्याक क्यान फिल्ड मार्क हेन्सन उनीहरूले यो किताबलाई तयार पारीवरी प्रकाशककहाँ पठाए तर, प्रकाशकले सुधारको अपेक्षासहित फर्काए लेखकद्वयले यसलाई पुनःलेखन गरेर प्रकाशककहाँ फेरि पठाए फेरि पनि अझै सुधारको सुझावसहित पुस्तक फर्काइयो उनीहरूले हार मानेनन् बरु अझै सशक्त सामग्रीसहित पुस्तक प्रकाशकलाई ठम्याए तर, यसपालि पनि पुस्तक छापिएन कुरा तीनचारपटकको प्रयासमा टुंगिएन उनीहरूले आफ्नो पुस्तकलाई ३४ पटकसम्म लेख्न, फेरि लेख्न बाध्य भए अन्ततः पैंतीसौंपटकको भगिरथ प्रयास अपार धैर्यपछि पुस्तक निस्कियो रातारात यसले विश्व बजार ओगट्यो अतः असम्भव केही पनि हुँदैन मात्र प्रयासको कमीलेअसम्भवजन्मिने हो

1 comment:

  1. 'ओल्ड म्यान एण्ड द सी' को नेपाली अनूवाद माथी बूढा र पहाड नभइ 'बुढो माझी र समुद्र' वा बुढा र समुद्र हुनुपर्ने थियो, कू-टाइप भएछ ।

    ReplyDelete