Wednesday, November 26, 2014

१७जे देख्छोत्यहि बन्छौ  
तिमी जे देख्छौत्यहि पाउँछौ ’ यो भनाइ स्टीभ जब्सको हो  यीनै विचारलाई व्यहावरमा उतार्न उनी तत्पर रहन्थे  अतः आफ्ना कामदारलाई उनी आफूले देखेका सर्वोत्कृष्ट कुराहरु देखाउँथे  नभन्दै एप्पल कम्पनी कम्प्यूटरजगतमा विश्वकै श्रेष्ठ कुरा बनाउन सफल भयो 
जस्तो सुकै मान्छेले पनि कुनै  कुनै बेला महान विचारल गर्छ  अथवा हरेक मान्छेमा कुनै  कुनै वेला महान विचार फुर्छन्  तरकसैकसैले मात्र त्यस विचारलाई व्यवहारमा उतार्ने कोशिस गर्छ  जस्ले विचारलाई वस्तुमा रुपान्तरण गर्ने जमर्को गरे उनीहरु नै सफल व्यक्ति बनेका हुन् 
तिमी जे देख्छो त्यही पाउँछौ,  यो स्टिभ जब्सको अन्तरवोध थियो  उनमा फुरेको सद्विचार थियो  उनले यसलाई विचारमा सीमित नराखी आफ्ना कर्मचारीहरु माथि प्रयोग गरी हेरे  फलस्वरुप कर्मचारीहरु पनि त्यस्तै सुन्दरतम कुरा बनाउन सफल भए  जस्को श्रेय उनै जब्स्ले पाए  उनको विचार  कर्मचारीहरुको प्रयासले आईफोनजस्तो बहुपउपयोगी एवं सुन्दर रचना संसारले पायो 

प्रसंग बदलौंयूनिभर्सिटी कलेज अफ् लण्डनका प्रोफेसर् रुथ क्याम्प्बेलले पछिल्लो समय एउटा अद्भूतकुरा पत्ता लगाएका छन्  उनले मानवमस्तिस्कमा एक भिन्नै खाले कोश ठम्याएका छन्  जस्ले अगाडी जे जे देखिन्छ त्यसको हुबहू नक्कल गर्न शरीरलाई उक्साउँछ  त्यस कोशलाई उनले मिररिङ्ग सेल भनी नामांकरण गरेका छन्  यीनै कोश समूहले गर्दा मान्छेले जे देख्छ पनि त्यस्तै हुँदै जान्छ  अर्थात दुखी मान्छे
देखियो भनी हाम्रो अनुहार खुम्चिन थाल्छ  मन कुँडिन थाल्छ भने खुसी अनुहार देख्दा आफू पनि उस्तै हुन खोज्छ  त्यस्तै असफल मान्छेको माझमा बसियो भने यी कोशहरुले नजानिदो पारामा असफल हुन उक्साउँछ भने सफल मान्छे देख्दा पनि  जस्तै बन्न बाध्य पार्छ  अतः यस वैज्ञानिक सिद्धान्तलाई जब्स्ले आत्मसात गरेको देखिन्छ    उनी आफ्ना सहयोगीहरुलाई सवभन्दा राम्राकुराहरु जहाँबाट जसरी पनि खोजेर देखाउँथे  यी राम्रा कुरा देख्दा तिनीहरुका मिररिङ्ग सेलले त्यस्तै बनाउन उनीहरुलाई घचघच्याए   पीसीदेखि आईफोनको जन्म भयो  अतः राम्रो हेरौंराम्रो सुनौंराम्रैका संगत गरेर आफू पनि राम्रै बनौं 

1 comment:

  1. Hi, there! Here's my small suggestion:
    There's a mistake in the name of the blog ('s' is missing, it is 'bikahananda', just check: http://dryogibikahanandlatestarticle.blogspot.in)
    Next: It is difficult to read the text because its colour doesn't match with its background (I'm using mobile)
    Thanks!

    ReplyDelete