७. इच्छाशक्ति
नित्से जति रोगले
गाँजेका साहित्यकार बिरलै होलान्
। यसका बाबजुद
पनि उनले महानतम्
कृति संसारलाई दिन
भ्याए । अतः
इच्छाशक्तिको अगाडि सबै समस्या
कमजोर हुने कुरा
उनले साबित गरे
।
मकहाँ आऊ, म
तिमीलाई मान्छे भन्दा केही
बढी बनाउन चाहन्छु–
महामानव ।
मान्छे एक पोखरीजस्तै
हो, कुनै ढल
मिसियो भने सर्वाङ्ग
फोहर भइहाल्छ ।
तर महामानव हुँदैन,
किनभने ऊ महासागरजस्तै
हुन्छ । संसारभरिका
ढल मिसिएर पनि–
सदा, सर्बदा, सफा
।
जरथुस्त्रले भने
भन्ने पुस्तकमा नित्सेले
यस्तै कुरा लेखी
संसारभरका सामान्य मान्छेलाई मात्र
हैन, विचारकहरूलाई समेत
प्रभावित गर्न सफल
भए ।
नित्से १८४४ मा
प्रसिया जर्मनीमा जन्मेका थिए
।
उनका बाबा पनि
धर्म–दर्शनमा रुची
राख्ने पास्टर भएकाले जन्मजातै
दार्शनिक रुझान् उनको रगतमा
बगेको मान्न सकिन्छ
। यिनै दार्शनिक
प्रतिभाकै कारण उनी
मात्र ३४ वर्षको
कलिलो उमेरमा बेसलकोे
विश्वविद्यालयका प्रोफेसर बन्न सफल
भए । यति
सानो उमेरमा उनी
भन्दा पहिला र
पछि पनि कोही
प्रोफेसर भएनन् ।
युवाकालमा जवानीको जोश थाम्न
नसकी उनी बेश्यालय
धाउन थाले ।
परिणामस्वरुप उनले कहिल्यै
निको नहुने रोग
सिफलिस बोकेर आए ।
यस रोगबाट उनी
शारीरिक र मानसिक
रूपमा जिन्दगीभर पीडित
रहे । उनले
जीन्दगीमा सुखका
दिन देख्नै सकेनन्
। भनिन्छ, उनले
जति पनि शारीरिक
र मानसिक पीडा
बोकी बाँच्ने मान्छे
धरतीमै बिरलै होलान् ।
यति हुँदाहुँदै पनि
उनले मानव जातिलाई
नै गुण लाउने
गरी जरथस्त्रले भनेजस्ता
पुस्तकहरू छोडेर जान भ्याए
। उनले जस्तो
पीडा सामान्य मान्छेले
सहन परेको भए
आत्महत्या गर्थे होलान् ।
तर उनले यसै
अपार दुःखमा टेकी
महानतम् कृतिहरूको सिर्जना गर्र्दै
रहे । अन्ततः
उनी मानसिक रोगी
भएर सन् १९००
मा मरे ।
उनको एउटै वाक्यले
पनि संसारभरि तरङ्ग
ल्याएको थियो र
अझै त्यो तरङ्ग
कायमै देखिन्छ– ईश्वर
मरिसक्यो । यसका
थुप्रै ब्याख्या हुनसक्छन् तर
प्रष्टै सन्देश के हो
भने आफूमाथि भरोसा
गर, अरूको मुख
नताक । र त उनले
सबैलाई महामानव वा अति
मानव बन्ने सन्देश
छर्न भ्याए ।
संयोगबस हिटलर पनि नित्सेबाट
प्रेरित भए – ईश्वर
मरिसक्यो र
त डर के
को ? एक कलाक्षेत्रमा
असफल हिटलर राजनीतिमा
अति मानव बन्न
सफल भए, नित्सेकै
कारण । तर
नित्सेको सन्देश भने अरूलाई
दबाएर होइन, आफूभित्रको
शक्ति जगाएर अति
मानव बन्नु थियो
।
जसरी तिमी
बाँदरदेखि हाँस्छौँ, महामावन तिमीदेखि
हाँस्छ– अतः तिमी
पनि महामानब बन्ने
तिर लाग ।
यो कुरा आज
पनि त्यत्तिकै प्रासङ्गिक
छ, जति त्यो
बेला थियो ।
७. इच्छाशक्ति