Monday, November 3, 2014

७. इच्छाशक्ति

. इच्छाशक्ति 
नित्से जति रोगले गाँजेका साहित्यकार बिरलै होलान् यसका बाबजुद पनि उनले महानतम् कृति संसारलाई दिन भ्याए अतः इच्छाशक्तिको अगाडि सबै समस्या कमजोर हुने कुरा उनले साबित गरे
मकहाँ आऊ, तिमीलाई मान्छे भन्दा केही बढी बनाउन चाहन्छुमहामानव
मान्छे एक पोखरीजस्तै हो, कुनै ढल मिसियो भने सर्वाङ्ग फोहर भइहाल्छ तर महामानव हुँदैन, किनभने महासागरजस्तै हुन्छ संसारभरिका ढल मिसिएर पनिसदा, सर्बदा, सफा
जरथुस्त्रले  भने भन्ने पुस्तकमा नित्सेले यस्तै कुरा लेखी संसारभरका सामान्य मान्छेलाई मात्र हैन, विचारकहरूलाई समेत प्रभावित गर्न सफल भए
नित्से १८४४ मा प्रसिया जर्मनीमा जन्मेका थिए
उनका बाबा पनि धर्मदर्शनमा रुची राख्ने पास्टर भएकाले जन्मजातै दार्शनिक रुझान् उनको रगतमा बगेको मान्न सकिन्छ यिनै दार्शनिक प्रतिभाकै कारण उनी मात्र ३४ वर्षको कलिलो उमेरमा बेसलकोे विश्वविद्यालयका प्रोफेसर बन्न सफल भए यति सानो उमेरमा उनी भन्दा पहिला पछि पनि कोही प्रोफेसर भएनन्
युवाकालमा जवानीको जोश थाम्न नसकी उनी बेश्यालय धाउन थाले परिणामस्वरुप उनले कहिल्यै निको नहुने रोग सिफलिस बोकेर आए यस रोगबाट उनी शारीरिक मानसिक रूपमा जिन्दगीभर पीडित रहे उनले जीन्दगीमा  सुखका दिन देख्नै सकेनन् भनिन्छ, उनले जति पनि शारीरिक मानसिक पीडा बोकी बाँच्ने मान्छे धरतीमै बिरलै होलान् यति हुँदाहुँदै पनि उनले मानव जातिलाई नै गुण लाउने गरी जरथस्त्रले भनेजस्ता पुस्तकहरू छोडेर जान भ्याए उनले जस्तो पीडा सामान्य मान्छेले सहन परेको भए आत्महत्या गर्थे होलान् तर उनले यसै अपार दुःखमा टेकी महानतम् कृतिहरूको सिर्जना गर्र्दै रहे अन्ततः उनी मानसिक रोगी भएर सन् १९०० मा मरे उनको एउटै वाक्यले पनि संसारभरि तरङ्ग ल्याएको थियो अझै त्यो तरङ्ग कायमै देखिन्छईश्वर मरिसक्यो यसका थुप्रै ब्याख्या हुनसक्छन् तर प्रष्टै सन्देश के हो भने आफूमाथि भरोसा गर, अरूको मुख नताक उनले सबैलाई महामानव वा अति मानव बन्ने सन्देश छर्न भ्याए संयोगबस हिटलर पनि नित्सेबाट प्रेरित भएईश्वर मरिसक्यो  डर के को ? एक कलाक्षेत्रमा असफल हिटलर राजनीतिमा अति मानव बन्न सफल भए, नित्सेकै कारण तर नित्सेको सन्देश भने अरूलाई दबाएर होइन, आफूभित्रको शक्ति जगाएर अति मानव बन्नु थियो

जसरी  तिमी बाँदरदेखि हाँस्छौँ, महामावन तिमीदेखि हाँस्छअतः तिमी पनि महामानब बन्ने तिर लाग यो कुरा आज पनि त्यत्तिकै प्रासङ्गिक , जति त्यो बेला थियो

0 comments:

Post a Comment